२०८३, २७ श्रावण बिहीबार

काभ्रेमा गाडी दुर्घटना हुँदा अठार घाइते

काभ्रेमा गाडी दुर्घटना हुँदा अठार घाइते


बनेपा, ७ मङ्सिर : काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट नमोबुद्धतर्फ जाँदै गरेको बा१ख ९३९४ नंको मेहन्द्रा निशान अनियन्त्रित भई धुलिखेल नगरपालिका–९ पीपलबोटमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

नमोबुद्ध दर्शनका लागि जाँदै गरेको गाडी अनियन्त्रित भई पल्टिदा घाइते मध्ये १० जना उपचारपश्चात् घर फर्किसकेका र बाँकी सातको धुलिखेलस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात् फरार गाडी चालकको खोजी भइरहेको र गाडी प्रहरी नियन्त्रणमा रहेको छ । यसैबीच आज दिउँसो धुलिखेल नगरपालिका–४, स्थित मिरावेल चोकमा बनेपातर्फ गइरहेको बा९१प ३९२५ नंको स्कुटीलाई सोही दिशातर्फ गइरहेको बा८९प ८५६७ नंको स्कुटीले ठक्कर दिँदा बा९१ प ३९२५ नं को स्कुटीमा सवार भक्तपुर, सूर्यविनायक नगरपालिका–७ बस्ने २६ वर्षीया सम्झना कोर्जु घाइते भएको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ८ : ५८ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी