२०८३, २७ श्रावण बिहीबार

लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभयिानको तयारी पूरा

लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभयिानको तयारी पूरा


काठमाडौँ, ७ मङ्सिर: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय महिला आयोगले आज यहाँ पत्रकार सम्मेलन गरी यही मङ्सिर ९ देखि २५ गतेसम्म हुने अभियानबारे जानकारी गराउँदै सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अभियानलाई सातैवटा प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गरी प्रभावकारीरुपमा मनाउने तयारी भएको बताउनुभयो ।

अभियानलाई अभियानको रुपमा मात्रैभन्दा पनि वास्तवमै महिला हिंसा अन्त्य गर्नका लागि पहल गरिने उहाँको भनाइ छ । अभियान अवधिभरि पदयात्रा, अन्तत्र्रिmया, गोष्ठी, सार्वजनिक सुनुवाइ र सञ्चारमाध्यममा चेतनामूलक कार्यक्रम प्रसारण÷प्रकाशनलगायतका विभिन्न कार्यक्रम गरिने छ । अभियान अवधिको दुई दिनसम्म सातै प्रदेशका, प्रदेशसभा सांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिनेछ ।

लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराधलाई अन्त्य गर्दै महिला तथा पुरुषबीच रहेको असमानता हटाई बालिका, किशोर, वयस्क र वृद्धा महिलालगायत सबै लिङ्गका मानिसलाई बिना भेद्भाव सम्मानित जीवनयापन गर्न सक्षम तुल्याउने उद्देश्यले सो अभियान आयोजना गरिएको हो । सन् १९९१ देखि शुरु भएको लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिकदेखि शुरु भई डिसेम्बर १० तारिकका दिन सम्पन्न हुने गरेको छ । यस वर्षको अभियानको नारा ‘लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ७ : ०४ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी