२०८२, २४ असार मंगलबार

दाङमा तीस प्रतिशत घर भूकम्प प्रतिरोधात्मक

दाङमा तीस प्रतिशत घर भूकम्प प्रतिरोधात्मक


दाङ, ७ मङसिर : तुलसीपुर उपमहानगरपालिकाले भवन निर्माण आचारसंहितालाई कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ । अहिले भवन निर्माण आचारसंहिता कार्यान्वयन नगर्ने घरधनीलाई उपमहानगरपालिकाले बिजुली बत्तीको र खानेपानीको सिफारिस नदिनेदेखि घर नक्सापास समेत रोक्का गरिदिने गरेको उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले बताउनुभयो ।

साविकको नगरपालिका हुँदा नै उपमहानगरपालिकाका धेरै घर नक्सापास नै नभई आफूखुशी निर्माण भएका थिए । विनाशकारी भूकम्प आउनुअघि नै साविकको नगरपालिकाले २०७१ साउन १ गतेदेखि भवन निर्माण आचारसंहिता निर्देशिका जारी गरी कार्यान्वयन गरेको थियो । तर अहिलेसम्म उपमहानगरपालिकाभित्र रहेका पक्की घरमध्ये झण्डै ३० प्रतिशत घर मात्र भूकम्प प्रतिरोधात्मक रहेको इञ्जिनीयर योगीले जानकारी दिनुभयो । “तुलसीपुरमा पुरानो संरचना धेरै छन, पछि निर्माण गरिएका भवनमा निर्माण सामग्री राम्रो प्रयोग भएपनि घर बनाउने तरिका नजानेका कारण भवन भूकम्प प्रतिरोधात्मक छैनन्”, उहाँले भन्नुभयो ।

हाल उपमहानगरपालिकाभित्र ३१ हजार घरधुरी रहेका छन् । ती मध्ये कम्तीमा छ हजार घर पक्की र अन्य कच्ची रहेको नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । छ हजार घरमा कम्तीमा पनि ३० प्रतिशत घरमात्र भुकम्पप्रतिरोधात्मक रहेको उपमहानगरपालिकाले जनाएको छ । “पछिल्ला समयमा निर्माण हुने घरहरुले आचारसंहिता पालना गरेका छन् तर केही वर्ष पहिलेका घर र हाल उपमहानगरपालिका भइसकेपछि थपिएका साविकका गाविसमा निर्माण भएका केही पक्की घरले नक्सा पास नगरी निर्माण गरेका छन्”, खरेलले भन्नुभयो ।

उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले उपमहानगरपालिकाले भवन निर्माण आचारसंहिता कार्यान्वयनलाई अक्षरशः पालना गर्न आम नागरिकलाई अनुरोध गरिएको बताउनुभयो । उहाँले आफूखुशी मापदण्ड नपु¥याई घर निर्माण गर्दा भूकम्पीय जोखिम बढ्नसक्ने, जीउज्यानको सुरक्षामा खतरा बढ्ने र आर्थिक लगानी पनि त्यसै खेर जाने गरेको भन्दै सबै खतराबाट आम नागरिकलाई बचाउने उद्देश्यले भवन निर्माण आचारसंहितालाई कडाइ गर्ने योजना ल्याइएको जानकारी दिनुभयो ।

उहाँले अब केही दिनभित्रै उपमहानगरपालिका भित्रका घरको अभिलेखीकरण गर्ने तयारी भएको बताउनुभयो । त्यसबाट एउटा निश्चित् तथ्याङ्क आउने र ती घरलाई के कसरी सुरक्षित गराउने भन्ने बारेमा उपयाय खोजिने उहाँको भनाइ छ । आचारसंहिता कडाइका साथ लागू गर्न उपमहानगरनगरपालिकाले बर्सेनि यहाँका विभिन्न दलका प्रतिनिधि, उद्योगी व्यवसायी, नगरवासीसँग छलफलसमेत गरिरहेको छ । त्यसैगरी उपमहानगरपालिकाले यस क्षेत्रका निर्माणकर्मी तथा डकर्मी व्यवसायीलाई पनि पटक/पटक भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि तालीम दिँदै आएको छ । -रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ५ : २५ बजे

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बबरमहल भिलासमा १० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहकहरुलाई

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार

५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र

जनकपुर । धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा,

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त