२०८२, ३ कार्तिक आईतबार

पार्टीलाई सही दिशामा हिँडाउन सकेको छैनः नेता सिटौला

पार्टीलाई सही दिशामा हिँडाउन सकेको छैनः नेता सिटौला


इलाम, ६ मङ्सिर : नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिलाई काम गर्न कसैले नरोकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन इलामले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सभापति शेरवहादुर देउवाले पार्टीलाई सही दिशामा हिँडाउन नसकेको र कार्यकर्तालाई एकताबद्ध गर्न नसकेको आरोप लगाउनुभयो ।

काङ्ग्रेसका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिटौलाले दरो प्रतिपक्षको भूमिकासमेत काङ्ग्रेसले निर्वाह गर्न नसकेकोमा दुःख व्यक्त गर्दै एकताबद्ध र सही तरीकाले काम गर्न नसक्नुको दोष पार्टी नेतृत्वले लिनुपर्छ भन्नुभयो ।

‘पार्टी शीर्ष नेताले नै कार्ययोजना बनाएर काम नगरेपछि कार्यकर्ताले के गर्नु’ उहाँले भन्नुभयो, ‘अहिले त काङ्ग्रेसको योजना नै छैन ।’ नेता सिटौलाले वर्तमान सरकारले संविधान बाहिर गएर काम गर्न थालेको आरोप लगाउँदै अहिलेसम्म सरकारको कार्ययोजना हेर्दा पूरै असफल भएजस्तो देखिएको धारणा व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ९ : १६ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल