२०८३, २२ भाद्र मंगलबार

गजुरमुखीमा कात्तिके मेला शुरू

गजुरमुखीमा कात्तिके मेला शुरू


मङ्गलबारे, ६ मङ्सिर : इलामको पश्चिमी प्रसिद्ध धार्मिकस्थल गजुरमुखीमा परम्परागतरूपमा लाग्दै आएको जिल्लाकै ठूलो मेला शुरु भएको छ । हरेक वर्ष कात्तिक पूर्णिमाका दिन यहाँ विभिन्न क्षेत्रबाट दर्शनार्थीको बाक्लो उपस्थिति हुन्छ । गजुरमुखी विकासमञ्च माङसेबुङ गाउँपालिकाको आयोजनामा शुरू भएको मेलामा शुक्रबार बिहानैदेखि पूजापाठ गर्नका लागि भक्तजनको भीड लागेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिनुभयो ।

गजुरमुखी पुगेका भक्तजन र पर्यटक स्थानीय गजुरमुखी मन्दिर नजिकै रहेको फाँटिलो खेतमा ठाउँठाउँमा अस्थायी टहरा बनाएर जाग्राम बस्न थालेका छन् । प्रसिद्ध धार्मिकस्थल गजुरमुखीमा दर्शनका लागि इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी तथा भारतको दार्जिलिङ, कालेम्पोङलगायतका स्थानबाट भक्तजन आएका छन् । तीन दिनसम्म लाग्ने मेलामा सांस्कृतिक कार्यक्रम, मन्दिरमा पूजाआजाका साथै फुटबल प्रतियोगितासमेत आयोजना गरिएको छ ।

गजुरमुखी धाममा पूजा अर्चना गरे मनोकाङ्क्षा पूरा हुने विश्वास आम भक्तजनमा रहेको छ । निःसन्तानले गजुरमुखीमा आएर भाकल, पूजा अर्चना गरेपछि सन्तान प्राप्त गरेको विश्वासमा पुनः गजुरमुखी आएर नियमित पूजापाठ गर्ने गरेको स्थानीयवासी कृष्ण बुढाथोकीले बताउनुभयो । उक्त मन्दिरभित्र पूजापाठ गर्नका लागि मन्दिरभित्र प्रवेश गरेपछि पछाडि नफर्की बाहिरिँदा पुण्य कमाइने विश्वास गरिन्छ । मेलामा आएका युवामा धान नाचेर विवाह गर्ने प्रचलनसमेत रहिआएको छ । गजुरमुखी देवीको उत्पत्ति करीब २५० वर्षअघि भएको स्थानीयवासी बताउँछन् ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : ४९ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै