२०८३, १७ आश्विन आईतबार

जुम्लामा केन्द्रीय प्रसारण लाइन जोडिने

जुम्लामा केन्द्रीय प्रसारण लाइन जोडिने


खलङ्गा, ६ मङ्सिर : जुम्लामा आगामी दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारण लाइन जडान गरिने भएको छ । कोहलपुर हुँदै दैलेखको महाबु र कालिकोटको चिल्खायाबाट जुम्लाका लागि ३३ केभीको केन्द्रीय विद्युत् प्रसारण लाइन जडान गरिने नेपाल विद्युत् प्राधिकरणका शम्भुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

साना जलविद्युत् उपभोक्ता समिति जुम्लाले प्रसारण गर्दै आइरहेको विद्युत् सेवाका विषयमा आज चन्दननाथ नगरपालिकामा आज भएको छलफलमा प्राधिकरणका पौडेलले जुम्लामा केन्द्रीय विद्युतीकरणमा जोड दिनुभयो । छलफलमा राजनीतिक दल, नागरिक समाज र स्थानीय तहका प्रतिनिधिको सहभागिता थियो ।

साना जलविद्युत् उपभोक्ता समितिसँग प्राधिकरणले गरेको १० वर्षे सम्झौताको समय अवधि समाप्त भएकाले पुनःनवीकरणका लागि निवेदनसमेत दिएको विद्युत् प्राधिकरणका खेम लम्सालले जानकारी दिनुभयो । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डययन राज्यमन्त्री बलबहादुर महतले जुम्लाको सन्दर्भमा विद्युत्को ठूलो समस्या भएकाले पहिलो प्राथमिकतामा राखेर काम गरिदिन विद्युत् प्राधिकरणका टोलीसँग आग्रह गर्नुभयो ।

पूर्वसंसद देविलाल थापा र चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले पर्याप्त विद्युत् प्रवाह नहुँदा सरकारी र गैरसरकारी कार्यालयका कर्मचारीको कामकाजमा समस्या भएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ७ : ४२ बजे

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला

देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्दैछ, मान्छे फेरेर मात्रै समस्या समाधान नहुने रहेछ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई

संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले