२०८२, १९ पुस शनिबार

कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु


काठमाडौ ५ मंसीर : दक्षिण कोरियामा आज एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिनुभयो । कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मङ्गलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया गएका थिए ।

मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिनुभयो ।

नेपाली युवाका लागि आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या बढेको छ । गत महीनामात्र पाँचथर फिदिम नगरपालिकाका राजेश तुम्बापोको काम गर्दागर्दै मेसिनमा च्यापिएर मृत्यु भएको थियो ।

डिप्रेसनका कारण आत्महत्या, औद्योगिक तथा सडक दुर्घटना र सुतेकै अवस्थामा मृत्यु हुने नेपालीको सङ्ख्या डरलाग्दो रुपमा बढिरहेको उहाँले बताउनुभयो । सन् २००७ देखि हालसम्म १६० नेपालीको विभिन्न कारणबाट मृत्यु भइसकेको छ । रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत हाल कोरियामा करीब ३६ हजार नेपाली औद्योगिक तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन् ।  रासस

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ९ : ३७ बजे

गुल्मी-१ मा ज्ञवाली एकल सिफारिस, २ मा ६ जनाको नाम छलफलमा

। नेकपा एमालेले गुल्मीको दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिसको तयारी

लमजुङमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको प्रतिनिधि सभा उम्मेदवारी सिफारिस

पोखरा। नेकपा एमाले लमजुङ जिल्ला कमिटीले प्रतिनिधि सभा सदस्यका लागि

यूवा नेता अशोक चौलागाई सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभा सदस्यमा सिफारिस

सिन्धुपाल्चोक। नेकपा एमालेका यूवा नेता अशोक चौलागाईलाई सिन्धुपाल्चोक क्षेत्र नं

भेनेजुएलाकी उपराष्ट्रपतिले भनिन्-मादुरोको जीवित प्रमाण चाहियो

काठमाडौं । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति निकोलस मादुरोको पछिल्लो

कांग्रेसमा विशेष महाधिवेशनको तयारी : कानुनविद् र महामन्त्रीद्वयको स्पष्ट राय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले