२०८२, १७ मंसिर बुधबार

जापानी लगानीकर्तालाई नेपाल आउन अनुरोध

जापानी लगानीकर्तालाई नेपाल आउन अनुरोध


काठमाडौँ, ४ मङ्सिर : नेपालका एकजना वरिष्ठ कूटनीतिक व्यक्तित्वले जापानी उद्यमी–व्यवसायी तथा लगानीकर्तालाई आफ्नो देशमा पूँजी परिचालन गर्न अनुरोध गरेका छन् । टोकियोस्थित नेपाली दूतावास, जापान बाह्य व्यापार सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठनले आज संयुक्तरुपमा जापानको राजधानी टोकियोमा आयोजना गरेको ‘नेपाल लगानी’ कार्यशालामा जापानी व्यापारीलाई नेपाल आउन अनुरोध गरेका हुन् ।

आफ्ना जापानी समकक्षीको निमन्त्रणामा जापान भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कार्यशालामा नेपालको पछिल्लो राजनीतिक विकास तथा नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रबारे जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वैदेशिक लगानी आकर्षित गर्न नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमबारे प्रष्ट पार्दै उहाँले कृषिको आधुनिकीकरण, जलविद्युत् उत्पादन, भौतिक पूर्वाधार निर्माण, सूचना तथा सञ्चार प्रविधि, पर्यटन तथा सेवा क्षेत्रमा लगानी गर्न जापानीहरूलाई आग्रह गर्नुभयो ।

मन्त्री ज्ञवालीले जापानका पर्यटन व्यवसायीलाई नेपालका पर्यटन क्षेत्र र पर्यटकीय गन्तव्यबारे प्रचारप्रसार गर्न तथा जापानी नागरिकलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न पनि आग्रह गर्नुभयो । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले जारी गरेका लगानीमैत्री नीति, ऐनकानून तथा लगानी प्रक्रियासम्बन्धी विस्तृत जानकारी दिनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ८ : ५४ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी