२०८३, ३१ असार बिहीबार

तीन लाख १५ हजार घर पुनःनिर्माण

तीन लाख १५ हजार घर पुनःनिर्माण


काठमाडौँ, ४ मङ्सिर : भूकम्पबाट भत्किएकामध्ये तीन लाख १५ हजार ८९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणमा सोमबारसम्म प्राप्त तथ्याङ्कअनुसार आठ लाख १२ हजार १६१ लाभग्राहीमध्ये सात लाख ३२ हजार ७७१ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये सात लाख २६ हजार ३३३ ले पहिलो किस्ता बुझेका छन् ।

पहिलो किस्ता लिएर पाँच लाख ६० हजार ७८१ लाभग्राहीले पुनःनिर्माण शुरु गरेका छन् । जग निर्माण गरी पाँच लाख ३१ हजार १९ भूकम्प पीडितले दोस्रो किस्ता माग गरेका छन् । दोस्रो किस्ताका लागि पाँच लाख २२ हजार १९३ परिवार प्रमाणीकरण भएको तथ्याङ्क प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रस्तुत गर्नुभयो ।

सोमबारसम्म पाँच लाख १८ हजार ५५ लाभग्राहीले भुक्तानी पाएका छन् । तेस्रो किस्ता माग गर्नेको सङ्ख्या तीन लाख ४४ हजार ३९८ पुगेको छ । तेस्रो किस्ताका लागि तीन लाख ३४ हजार ५० भूकम्प पीडित प्रमाणीकरण भएका छन् । घर निर्माण सम्पन्न गरेका तीन लाख १९ हजार ६६९ परिवारलाई तेस्रो किस्ता वितरण गरिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षति भएका ५४ हजार ६५८ लाभग्राही प्रबलीकरण सूचीमा समावेश भएका छन् । जसमध्ये ११ हजार ८९५ ले अनुदान सम्झौता गरेका छन् । १० हजार ४६४ परिवारले पहिलो किस्ता लिएका छन् । प्रबलीकरण सूचीमा परेकाले दुई किस्तामा रु एक लाख पाउने प्राधिकरणको कार्यविधिमा उल्लेख छ । पुनःनिर्माण गर्नेले भने तीन किस्तामा रु तीन लाख अनुदान पाउँछन् । समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रगति विवरण प्रस्तुत गर्नु भएपनि गणपूरक सङ्ख्याको अभावमा आजलाई बैठक स्थगित गरिएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । यसै साता समितिको बैठकमा पुनःनिर्माणका बारेमा छलफल हुने जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ६ : ५१ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित