२०८३, ९ असार बुधबार

मेलामा झडप हुँदा प्रहरी निरीक्षकसहित तीन घाइते

मेलामा झडप हुँदा प्रहरी निरीक्षकसहित तीन घाइते


धादिङ, ३ मङ्सिर : मध्य धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच गएराति झडप हुँदा प्रहरी सहायक निरीक्षक र अन्य तीन जना घाइते भएका छन् । झडपमा केही सवारीसाधनसमेत तोडफोड भएको छ । बुङकोटघाटमा लाग्ने एकादशी मेलामा गोरखातर्फ आएको एक समूहले आक्रमण शुरु गरेपछि उक्त घटना भएको र पछि दुवै पक्षबीच झडप भएपछि प्रहरीले छुट्याउन जाँदा सहायक निरीक्षक विनयकुमार पाण्डे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । घाइते प्रहरीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ ।

झडपमा धादिङतर्फका अर्का एक र गोरखातर्फका अन्य दुई जना घाइते भएका छन् । घाइतेलाई प्रहरीले पक्राउ गर्ने डरले फरार रहेको बुझिएको छ । घटनामा धादिङ र गोरखातर्फका सात वटा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ भने तीन वटा सामान्य क्षति पुगेको छ । त्यसैगरी तीन वटा बुलेरो गाडीमा क्षति पुगेको छ । जात्रामा भएको घटनालाई सामान्यीकरण गर्न र एकापसमा मिलेर विकास गर्नका लागि गोरखातर्फका जनप्रतिनिधिसँग आफूले छलफल शुरु गरेकाले दुवै पक्ष बसेर छलफल गरी मिलाउने पक्षमा आफू लागिपरेको ज्वालामुखी गाउँपालिका–५ का वडाध्यक्ष कृष्ण काप्रीले बताउनुभयो ।

घटनाको अनुसन्धान गर्न र दोषी ठहरिएकालाई कारवाही गर्न पक्राउ आदेशसमेत लिएर धादिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको भए पनि सोमबार बेलुकासम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक महतोले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ९ : १० बजे

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र