२०८२, १ माघ बिहीबार

मेलामा झडप हुँदा प्रहरी निरीक्षकसहित तीन घाइते

मेलामा झडप हुँदा प्रहरी निरीक्षकसहित तीन घाइते


धादिङ, ३ मङ्सिर : मध्य धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा एकादशी जात्राको मेलामा गोरखा र धादिङका समूहबीच गएराति झडप हुँदा प्रहरी सहायक निरीक्षक र अन्य तीन जना घाइते भएका छन् । झडपमा केही सवारीसाधनसमेत तोडफोड भएको छ । बुङकोटघाटमा लाग्ने एकादशी मेलामा गोरखातर्फ आएको एक समूहले आक्रमण शुरु गरेपछि उक्त घटना भएको र पछि दुवै पक्षबीच झडप भएपछि प्रहरीले छुट्याउन जाँदा सहायक निरीक्षक विनयकुमार पाण्डे गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । घाइते प्रहरीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ ।

झडपमा धादिङतर्फका अर्का एक र गोरखातर्फका अन्य दुई जना घाइते भएका छन् । घाइतेलाई प्रहरीले पक्राउ गर्ने डरले फरार रहेको बुझिएको छ । घटनामा धादिङ र गोरखातर्फका सात वटा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ भने तीन वटा सामान्य क्षति पुगेको छ । त्यसैगरी तीन वटा बुलेरो गाडीमा क्षति पुगेको छ । जात्रामा भएको घटनालाई सामान्यीकरण गर्न र एकापसमा मिलेर विकास गर्नका लागि गोरखातर्फका जनप्रतिनिधिसँग आफूले छलफल शुरु गरेकाले दुवै पक्ष बसेर छलफल गरी मिलाउने पक्षमा आफू लागिपरेको ज्वालामुखी गाउँपालिका–५ का वडाध्यक्ष कृष्ण काप्रीले बताउनुभयो ।

घटनाको अनुसन्धान गर्न र दोषी ठहरिएकालाई कारवाही गर्न पक्राउ आदेशसमेत लिएर धादिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको भए पनि सोमबार बेलुकासम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक महतोले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ९ : १० बजे

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७