२०८३, १७ आश्विन आईतबार

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा


भादगाउँ, २ मङ्सिर: चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई सार्वजनिक बिदाको निर्णय गरेको चाँगुनारायण नगरपालिकाले जनाएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएकाले एकादशीको दिन मन्दिरमा ठूलो मेला लाग्ने हुनाले हरिबोधनी एकादशीको दिन सार्वजनिक बिदाको घोषणा गरेको नगरप्रमुख मिश्रले बताउनुभयो ।

ठूलो एकादशीलाई ध्यानमा राखी आज नगर प्रमुख मिश्रको नेतृत्वमा प्रदेश सभा सदस्य सरस्वती बाटीसहितको टोलीले चाँगुनारायण मन्दिर परिसरको अनुगमन गरेको छ । एकादशीको दिन ठूलो सङ्ख्यामा भक्तजनको आवागमन हुने उक्त स्थानको सरसफाइ, मोटर पार्किङ, भक्तजनका लागि आवश्यक स्वास्थ्य सेवा एवं सहज दर्शनका लागि भइरहेको कार्यको निरीक्षणका लागि अनुगमन गरेको नगरप्रमुख मिश्रले जानकारी दिनुभयो । नगरप्रमुख मिश्रले भोलिका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ७ : २४ बजे

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको नेतृत्वमा डा. सीके

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको