२०८२, ११ फाल्गुन सोमबार

गहुँ छर्ने बेला रासायनिक मल अभाव

गहुँ छर्ने बेला रासायनिक मल अभाव


कञ्चनपुर, २ मङ्सिर : खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् । अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले माग अनुरुपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नु परेको छ । वेदकोट नगरपालिकाका किसान मङ्गुलाल चौधरीले अनुदानको मल नपाउदा भारतीय मल राखेर गहुँ छरेको बताउनुभयो ।

स्थानीय एग्रोभेट पसलबाट खरीद गरेको भारतीय मल गुणस्तरीय भए÷नभएको जानकारी छैन उहाँले भन्नुभयो, “रु ६० प्रतिकिलोका दरले खरीद गरेर छरेका छौं । मलले काम गर्छ वा गर्दैन जानकारी छैन ।” पसल सञ्चालकको विश्वासमा मल खेतमा छरेको उहाँले बताउनुभयो । शुक्लाफाँटाको पिपलाडीका किसान माघु राम चौधरीले मल नपाउँदा खेतमा गहुँ छर्न नसकेको बताउनुभयो । “अनुदानको मल त पाएनौँ”, उहाँले भन्नुभयो, “भारतीय मलसमेत नपाउँदा खेतमा गहुँ छर्न सकिएको छैन ।”

कृषि सामग्री संस्थानले यस वर्ष डिएपी मल ६५० मेट्रिक टन मात्रै आपूर्ति गरेको छ । किसानको माग त्योभन्दा दोब्बर छ संस्थानका निमित्त कार्यालय प्रमुख बबिता उपाध्यायले भन्नुभयो, “ढुवानीको समस्याले मागअनुरुप आपूर्ति हुन सकेको छैन । अझै माग अनुरुपको मल उपलव्ध गराउनका लागि भैरहवास्थित कार्यालयलाई लेखिपठाएका छौँ ।” गहुँबालीका लागि चाहिने किसानको मागअनुरुपको युरिया मलसमेत संस्थान किसानलाई उपलब्ध गराउन सकेको छैन । किसानलाई गहुँबालीका लागि दुई हजार मेट्रिक टन युरिया मल आवश्यक पर्दछ । संस्थानले ६०० मेट्रिक टन युरिया मल मात्रै आपूर्ति गर्न सकेको छ ।

केन्द्रीय कार्यालयलाई किसानको मागअनुरुपको मल आपूर्तिका लागि लेखिपठाए पनि थोरै मात्रै मल आउँदा पु¥याउन हम्मेहम्मे परेको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो । संस्थानले यहाँ रहेका १३० सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको छ । अनुदानको मल पाएका केही सहकारी पसल सञ्चालकले भारतीय मलझै गरी चर्को मूल्यमा मल बिक्री गर्दा किसान मार्कामा परेका छन् । ढुवानी भाडा भन्दै आपूmखुशी सहकारीले रासायनिक मलको मूल्य तोकेर बिक्री गर्दै आएको किसानको गुनासो छ ।

अनुदानको मल किसानलाई सुपथ मूल्यमा उपलब्ध गराउनुपर्ने अधिकृत उपाध्ययले भन्नुभयो, “चर्को मूल्य तोकेर मल बिक्री गरिएको पाइए कार्वाही हुन्छ । त्यसका लागि नगरपालिका र गाउँपालिका कार्यालयले अनुगमन गरी मूल्य नियन्त्रण गर्नुपर्दछ ।” लालपुर्जाका आधारमा समेत व्यक्तिगतरुपमा किसानलाई संस्थानले मल उपलब्ध गराउने व्यवस्थासमेत गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २ मंसिर आईतबार  ५ : ४९ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार