२०८२, २४ कार्तिक आईतबार

तेमालमा उपभोक्ता समिति धमाधम गठन हुदैँ

तेमालमा उपभोक्ता समिति धमाधम गठन हुदैँ


धुलिखेल १ मंसिर: काभ्रेको तेमाल गाउँपालिका भित्रका वडा कार्यालयहरुले उपभोक्ता समिति गठनलाई तिब्रता दिएका छन् ।
चालु आर्थिक वर्ष २०७५/७६ मा आफ्नो वडामा सञ्चालन हुने विभिन्न विकास योजनाका लागि वडा नम्बर ३ ले उपभोक्ता समिति गठन गरिसकेको वडाध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए ।

‘हामीले उपभोक्ता समिति गठन गरिसकेका छौँ, वडाध्यक्ष तामाङले भने ‘अबको एकसाता भित्रै ती उपभोक्ता समितिले सम्बन्धित योजनाको काम अघि बढाउँछन् ।’

उनका अनुसार वडा कार्यालय सरमथीमा २५ योजना मध्ये २४ वटा योजनाको निर्माण कार्य पूरा गर्न उपभोक्ता समिति गठन गरिएको हो । यस वडालाई चालु आर्थिक वर्षका लागि गाउँ कार्यपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यसैबीच तेमाल गाउँपालिकाको वडा नम्बर १ र २ ले पनि चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन हुने सम्पूर्ण विकास योजनाका लागि उपभोक्ता समिति गठन गरिसकेका छन् । त्यस्तै अन्य वडाहरुमा पनि उपभोक्ता समिति गठनको प्रक्रिया धमाधम भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ८ : ३१ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।