२०८३, १७ आश्विन आईतबार

हनुमन्ते नदीबाट छ टन फोहर सङ्कलन

हनुमन्ते नदीबाट छ टन फोहर सङ्कलन


भक्तपुर, १ मङ्सिर: भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३८औँ हप्ता छ टन फोहर सङ्कलन भएको छ । आज भक्तपुरको सल्लाघारी क्षेत्रमा भएको नदी सफाइ अभियानमा छ टन फोहर सङ्कलन भएको हो । यो क्षेत्रमा गत शनिबार पनि गरिएको सफाइमा छ टन नै फोहर सङ्कलन गरिएको थियो । प्रदेश नं ३ को सांसद रजनी जोन्छेको प्रमुख आतिथ्यमा भएको उहाँले सबैको साथ र सहयोग नदी सफाइमा हुनु आवश्यक रहेको बताउनुभयो ।

अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले भक्तपुरलाई सफाइको चिनारीसँग जोड्न हनुमन्ते नदी सफाइ हुनुपर्ने आवश्यक रहेको बताउँदै अभियान सफल पार्न सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा अभियानका प्रमुख सल्लाहकार पूर्वउद्योगमन्त्री एवं सांसद महेश बस्नेतले भक्तपुरको समग्र परिवर्तनका लागि लागि रहेको बताउँदै हनुमन्ते नदी सफाइ पनि परिवर्तनकै पाटो भएको बताउनुभयो ।

सफाइ अभियानमा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधीकर्मी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नेकपा भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा, भक्तपुर जिल्ला समन्वय समिति सहसंयोजक सरिता कुँवर, वीरदल गणका गणपति शिवप्रसाद पौडेललगायत विभिन्न सङ्घसंस्था, विद्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायत सहभागिता रहेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ४६ बजे

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको नेतृत्वमा डा. सीके

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको