२०८२, १ माघ बिहीबार

कास्कीका तीन शैक्षिक संस्था निर्माण

कास्कीका तीन शैक्षिक संस्था निर्माण


काठमाडौँ, १ मङ्सिर : भारतीय सरकारको सहयोगमा कास्कीका तीनवटा शैक्षिक संस्था निर्माण गरिएको छ । दूतावासको सहयोगमा निर्मित कास्कीको लेखनाथ नगरपालिकास्थित सरस्वती टीका उच्च माध्यमिक विद्यालयको आज उद्घाटन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय दूतावासका मिशन उपप्रमुख डा अजय कुमारले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

यहाँस्थित भारतीय राजदूतावासका अनुसार आजै डा अजय कुमारले लक्ष्मी आदर्श महुमुखी क्याम्पस र श्री गुप्तेश्वर महादेव महुमुखी क्याम्पस कास्कीको पनि नवनिर्मित भवन उद्घाटन गर्नुभयो । सरस्वती टीका उच्च माध्यमिक विद्यालय रु तीन करोड ७० लाखमा भारतीय सहयोगमा निर्माण गरिएको होे । राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध उक्त विद्यालयले १०+२ तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ । कास्की जिल्लाको प्रतिष्ठित उक्त विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सो विद्यालयमा अध्ययनरत झण्डैै एक हजार १०० विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् ।

त्यसैगरी रु चार करोड ८० लाखको लागतमा लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको निर्माण भएको हो । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको उक्त क्याम्पसले शिक्षा सङ्कायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालीन कार्यक्रम एवं १०+२ तहमा व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायमा पनि सेवा प्रदान गर्दै आएको छ । रु चार करोड १० लाखमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको निर्माण भएको हो । बिएड, बिबिएस र एमबिएस सङ्कायको अध्यापन गराउँदै आएको छ । नवनिर्मित संरचनाहरुसँगै दूतावासले सभाहल, कम्प्युटर ल्याब, पुस्तकालयको समेत व्यवस्था गरेको जनाएको छ ।

भौतिक पूर्वाधार निर्माण तथा आवश्यक उपकरणहरुको व्यवस्थाले ती क्याम्पसहरुमा अध्ययन गर्ने वातावरण थप ऊर्जाशील बन्नुका साथै कास्की, स्याङजा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित गर्ने दूतावासले विश्वास लिएको छ
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ४१ बजे

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७