२०८३, ३१ असार बिहीबार

कास्कीका तीन शैक्षिक संस्था निर्माण

कास्कीका तीन शैक्षिक संस्था निर्माण


काठमाडौँ, १ मङ्सिर : भारतीय सरकारको सहयोगमा कास्कीका तीनवटा शैक्षिक संस्था निर्माण गरिएको छ । दूतावासको सहयोगमा निर्मित कास्कीको लेखनाथ नगरपालिकास्थित सरस्वती टीका उच्च माध्यमिक विद्यालयको आज उद्घाटन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय दूतावासका मिशन उपप्रमुख डा अजय कुमारले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

यहाँस्थित भारतीय राजदूतावासका अनुसार आजै डा अजय कुमारले लक्ष्मी आदर्श महुमुखी क्याम्पस र श्री गुप्तेश्वर महादेव महुमुखी क्याम्पस कास्कीको पनि नवनिर्मित भवन उद्घाटन गर्नुभयो । सरस्वती टीका उच्च माध्यमिक विद्यालय रु तीन करोड ७० लाखमा भारतीय सहयोगमा निर्माण गरिएको होे । राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध उक्त विद्यालयले १०+२ तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ । कास्की जिल्लाको प्रतिष्ठित उक्त विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सो विद्यालयमा अध्ययनरत झण्डैै एक हजार १०० विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् ।

त्यसैगरी रु चार करोड ८० लाखको लागतमा लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको निर्माण भएको हो । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको उक्त क्याम्पसले शिक्षा सङ्कायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालीन कार्यक्रम एवं १०+२ तहमा व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायमा पनि सेवा प्रदान गर्दै आएको छ । रु चार करोड १० लाखमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको निर्माण भएको हो । बिएड, बिबिएस र एमबिएस सङ्कायको अध्यापन गराउँदै आएको छ । नवनिर्मित संरचनाहरुसँगै दूतावासले सभाहल, कम्प्युटर ल्याब, पुस्तकालयको समेत व्यवस्था गरेको जनाएको छ ।

भौतिक पूर्वाधार निर्माण तथा आवश्यक उपकरणहरुको व्यवस्थाले ती क्याम्पसहरुमा अध्ययन गर्ने वातावरण थप ऊर्जाशील बन्नुका साथै कास्की, स्याङजा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित गर्ने दूतावासले विश्वास लिएको छ
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ४१ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित