२०८३, २२ भाद्र मंगलबार

बालकुमारीमा रेविजको प्रकोप

बालकुमारीमा रेविजको प्रकोप


बेत्रावती, १ मङ्सिर: नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीमा रेविज रोगको प्रकोप फैलिएको छ । गाउँका छाडा कुकुरमा देखा परेको रोगबाट अहिले बालकुमारीको माँझगाउँबस्ती पूरै प्रभावित भएको र अन्य स्थानमा पनि फैलन सक्ने भएकाले नियन्त्रणको प्रयास जारी रहेको गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार केही दिनअघि रेविज लागेको कुुकुरले स्थानीय वसुदेव थापाको पशुचौपायलाई खुवाउने भाँडाको पानी खाएर त्यहीबाट फैलन शुरु गरेको रोगले अहिले सिङ्गोगाउँ नै प्रभावित भएको हो । कुकुरले खाएको पानी खुवाउँदा थापाको भैँसी मरेको छ भने गाउँमा चार वटा कुुकुर मरेको अवस्थामा भेट्टिएका छन् । ती मर्नुका कारण रेविज रहेको पुष्टि भएकाले नियन्त्रणका लागि खोप अभियान चलाउन थालिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

“माँझगाउँका किसानले पालेका अधिकांश पशुचौपायमा रोगको लक्षण देखिएकाले खोप अभियान चलाएका छौँ”, उहाँले भन्नुभयो, “क्षति पुग्न नदिन पशु प्राविधिक परिचालन गरिएको छ भने नियमित पाँच पटक लगाउनुपर्ने खोप निःशुल्क उपलब्ध गराइएको छ ।” नियमित खोप लगाउनुपर्ने र पशुचौपाया एक वटालाई पाँच पटकसम्म खोप दिनुपर्ने भएकाले रोग नियन्त्रणमा आउन करीब एक महीना लाग्ने पशु प्राविधिकले बताएका छन् । गाउँपालिकाले पशुचौपायाको रेखदेख एवं स्वास्थ्यप्रति ख्याल गर्न किसानलाई आग्रह गरेको छ । रोगलाई महामारीका रुपमा फैलन नदिन रोग लागेकालाई अन्य स्वास्थ्य पशुचौपायासँग एकै स्थानमा नबाँध्न, छाडा कुकुरलाई घरगोठको छेउमा आउन नदिन र गाउँबाट अन्यत्र पशुचौपाया चरणमा नलैजान भनिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ३३ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै