२०८२, २० चैत्र शनिबार

भोजपुरमा ज्योतिष शिक्षण केन्द्र सञ्चालन

भोजपुरमा ज्योतिष शिक्षण केन्द्र सञ्चालन


भोजपुर, १ मङ्सिर: भोजपुरमा पहिलो पटक ज्योतिषशास्त्र प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति भोजपुर ज्योतिषशास्त्र ज्ञान दिलाउने लक्ष्यका साथ भोजपुरको पोखरेमा आज केन्द्रको उद्घाटन गरेको हो । तत्काल १५ जनाले ज्योतिष शिक्षा लिइरहेको समितिका सचिव रमेश सुवेदीले जानकारी दिनुभयो ।

ज्योतिषशास्त्रको ज्ञान सबैलाई काम काज गर्न सजिलो हुने तथा ज्योतिष जस्तो विद्याको संरक्षण गरी भावी पुस्तासम्म पु¥याउन आगामी दिनमा विद्यालय नै सञ्चालन गर्ने तयारी गरेको समितिको अध्यक्ष डम्बर चौलागाईंले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा रोहितकुमार श्रेष्ठले ज्योतिष ज्ञान सबैका लागि उपयोगी रहेको भन्दै समितिको गरेको कामको प्रशंसा गर्नुभयो । ज्योतिषको महत्व विज्ञानसम्म पुष्टि गरिसकेको बताउँदै उहाँले यस्ताखालका कामको सबैले कदर गर्दै सहयोगका लागि जुट्नुपर्नेसमेत बताउनुभयो ।

सोही कार्यक्रममार्फत समितिका पदाधिकारी, समाजसेवीसँगै सञ्चारगृह तथा सञ्चारकर्मीलगायतलाई सम्मानपत्र वितरण गरिएको छ । कार्यक्रममार्फत समितिको पञ्चवर्षीय योजनासमेत सार्वजनिक गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : १४ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।