२०८२, १ माघ बिहीबार

भोजपुरमा ज्योतिष शिक्षण केन्द्र सञ्चालन

भोजपुरमा ज्योतिष शिक्षण केन्द्र सञ्चालन


भोजपुर, १ मङ्सिर: भोजपुरमा पहिलो पटक ज्योतिषशास्त्र प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति भोजपुर ज्योतिषशास्त्र ज्ञान दिलाउने लक्ष्यका साथ भोजपुरको पोखरेमा आज केन्द्रको उद्घाटन गरेको हो । तत्काल १५ जनाले ज्योतिष शिक्षा लिइरहेको समितिका सचिव रमेश सुवेदीले जानकारी दिनुभयो ।

ज्योतिषशास्त्रको ज्ञान सबैलाई काम काज गर्न सजिलो हुने तथा ज्योतिष जस्तो विद्याको संरक्षण गरी भावी पुस्तासम्म पु¥याउन आगामी दिनमा विद्यालय नै सञ्चालन गर्ने तयारी गरेको समितिको अध्यक्ष डम्बर चौलागाईंले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा रोहितकुमार श्रेष्ठले ज्योतिष ज्ञान सबैका लागि उपयोगी रहेको भन्दै समितिको गरेको कामको प्रशंसा गर्नुभयो । ज्योतिषको महत्व विज्ञानसम्म पुष्टि गरिसकेको बताउँदै उहाँले यस्ताखालका कामको सबैले कदर गर्दै सहयोगका लागि जुट्नुपर्नेसमेत बताउनुभयो ।

सोही कार्यक्रममार्फत समितिका पदाधिकारी, समाजसेवीसँगै सञ्चारगृह तथा सञ्चारकर्मीलगायतलाई सम्मानपत्र वितरण गरिएको छ । कार्यक्रममार्फत समितिको पञ्चवर्षीय योजनासमेत सार्वजनिक गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : १४ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा