२०८३, ३१ असार बिहीबार

कुन राशी भएकाले कस्तो जागिर पाउँछन् हेर्नुहोस्

कुन राशी भएकाले कस्तो जागिर पाउँछन् हेर्नुहोस्


धार्मिक अनुष्ठान हो या पूजा पाठ कुनै पनि मांगलिक कार्य हो अथवा देवीको आराधना, सवै शुभ कार्यमा पहिला कुण्डली तथा राशिलाई मिलाउन जरुरी छ ।

तर के तपाईले कहिले सोच्नु भएको छ की तपार्इ को राशि तथा ग्रह तपार्यको नोकरीमा सफता दिन पनि सक्छ र असफलता दिलाउन पनि सक्छ । खाखिर यस्तो किन हुन्छ रु यसको कारण के हो रु आउनुहोस् थाहा पाउनुहोस् राशिको हल र त्यससँग जोडिएको जागिरको बारेमा ।

मेष राशि : मेष राशिका मानिसको जागिर सामान्यताया बुधसँग नियन्त्रित हुन्छ । सामान्य नोकरी चुन्नमा समस्या तथा दुविधा हुने भएका कारण नोकरी पाउन बाधा आउँन सक्छ । यस समस्या समाधान गर्नका लागि विहान गणेशजीलाई दुबो चढाउन आवश्यक हुन्छ ।

वृष राशि : वृष राशिमा शुक्रको सम्बन्ध नोकरी पाउनेसँग हुन्छ । सामान्यतया यी मानिसलाई जागिर पाउनका लागि धेरै संघर्ष गर्नुपर्ने हुन्छ र आफ्नो योग्यता अनुसार यसको शुरुवातमा नोकरी मिल्न सक्दैन । यस समस्याको निवारणका लागि शिव जीलाई सुगन्ध अपर्ण गर्नुपेर्ने हुन्छ ।

मिथुन राशि : मिथुन राशिमा मंगल नोकरी पाउनका लागि जिम्मेवार हुन्छ । सामान्यता यसको क्रोध र हतारका कारण यो राशी भएका कारण नोकरी पाउनमा समस्या हुन सक्छ । यसका लागि विहान सधै हनुमान चालिसा पाठ गर्नु शुभ हुन्छ ।

कर्कट राशि : कर्कट राशि भएका मानिसका लागि शनि नोकरीका लागि जिम्मेवार ग्रह हो । यी राशी भएकालाई नोकरी पाउन समस्या हुँदैन । यी राशी भएकाहरुमा नोकरी गर्नमा समस्या हुन्छ जसका कारण यी राशी भएकाहरुको जागिर दिगो हुन्न । यस्तो समस्या समाधानका लागि यी राशी भएका मानिसले लामो समयसम्म शनिवार दीयो बाल्नुपर्ने हुन्छ ।

सिंह राशि : सिंह राशिवाला मानिसको जागिर आम रुपमा चन्द्रमासँग निर्धारित हुन्छ । यिनीहरुलाई जागिर पाउन धेरै सघर्ष गर्नुपर्ने हुन्छ । र जागिरमा अगाडि बढ्न पनि निकै समस्या हुन्छ । चाढै जागिर पाउनका लागि यस्ता मानिसले शिवलिंगमा नियमित जल चढाउँदा फाइदा पुग्ने ज्यातिषशास्त्रको मत रहेको छ ।

कन्या राशि : कन्या राशि भएका मानिसलाई सूर्य भगवानले जागिर दिनका लागि वातावरण तया गर्छन् । आम रुपमा यो नोकरी गर्नमा धेरै विगचार गर्दैनन् । यिनीहरुलाई सधै व्यवसाय गर्ने शौक हुन्छ । यदी नोकरी पाउनमा समस्या भएको खण्डमा सूर्यको अगाडि गायन्त्री मन्त्र जप गर्नुपर्ने हुन्छ ।

तुला राशि : तुला राशि भएका मानिसको लागि वृहस्पतिको कृपा भाव पर्न आवश्यक छ । आम रुपमा यिनीहरुको स्थितिसँग कहिले सन्तोष मिल्दैन । यसका लागि यि राशि भएका नोकरी छाडिरहन्छन् । यदी तपाईको तुला राशि हो र जागिर पाउनुभएन भने केरा दान गर्नुहोस् फाइदा पुग्छ ।

वृश्चिक राशि : यो राशीका लागि जागिर पाउन शुक्रको कृपा दृष्टि हुन आवश्यक छ । यी मानिस जोड तोड रहेका हुन्छ । जसका कारण जागिर नटिक्ने समस्या आउन सक्छ । यदी यस्तो समस्या आएको छ भने साझको समयमा सेतो वस्तु दान गर्नु पर्छ ।

धनु राशि : धनु राशिसँग ताल्लुक राख्ने वाला मंगलका कारण नोकरी मिल्छ । यी राशि भएकाहरु आफ्नो मनमजीसँग नोकरी गर्न चाहन्छन् । जसका कारण नोकरी पाउनमा समस्या हुन्छ । नोकरी पाउनका लागि यो राशि भएका मानिसले विहान हनुमान चालिसा पाठ गर्दा फाइदा हुन्छ ।

मकर राशि : यस राशिका लागि नोकरीको व्यवस्था बुधले गर्छ । मुख्य रुपमा यी राशी भएकाहरुलाई जागिर भन्दा आफ्नै व्यवसायतर्फको झुकाव बढी हुन्छ । यदी तपाई जागिर गर्न चाहनुहुन्छ र समस्या आइरहेको छ भने विहान गणेशजीलाई लड्डु चढाउँदा फाइदा हुन्छ ।

कुम्भ राशि : चन्द्रमाको कृपाका कारण यो राशि भएकाले जागिरमा अवसर पाउँछन् । यस राशिभएकाहरु सामान्यताया कसैको बन्धनमा रहन चाहदैनन् । जसका कारण गम्भीर भएर यी राशी भएका मानिसले जागिरको खोजी गर्दैनन् । यदी खोज्दा पनि पाउनुभएको छैन भने शिवलिंगमा चन्दन अर्पण गरेको खण्डमा तपाईंलाई फाइदा पुग्छ ।

मीन राशि : मीन राशि भएकालाई शनी देवको कृपाका कारण जागिर मिल्छ । मीन राशिभएकाले तत्कालै जागिर पाउने गर्छन् । तर लापरवाहीका कारण यी मानिसले कहिलेकाही पाउन लागेको जागिर पनि गुमाउने छन् । यी राशि भएका मानिसमा सरकारी नोकरी पाउने बढी सम्भावना हुन्छ ।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ५ : ४० बजे

केन्द्रमा समीकरण फेरिए पनि मधेश सरकार सुरक्षित, कांग्रेस नेतृत्वलाई तीन दलको साथ

जनकपुरधाम । केन्द्रमा कांग्रेस-एमाले सम्बन्धलाई लिएर राजनीतिक उतारचढाव भइरहेका बेला

केन्द्रको राजनीतिक हलचलको असर मधेशमा पनि, सत्ता समीकरणबारे नेताहरू ‘पर्ख र हेर’को अवस्थामा

जनकपुरधाम । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्धलाई

सुदूरपश्चिममा नयाँ राजनीतिक मोड, नेकपाले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने

धनगढी । सुदूरपश्चिम प्रदेशको विकसित राजनीतिक घटनाक्रमबीच नेपाल कम्युनिस्ट पार्टी

सर्वोच्चको आदेशले रोकियो सम्पत्ति छानबिन, आयोगले स्थगित गर्‍यो सबै प्रक्रिया

काठमाडौं । उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलन तथा

सांसदका लागि स्वकीय सचिवको सुविधा पुनः लागू, मन्त्रिपरिषद्को निर्णयपछि पुरानो व्यवस्था ब्युँतियो

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले पुनः स्वकीय सचिव राख्न