२०८३, १७ आश्विन आईतबार

आजदेखि माइक्रोचालक र सहचालकलाई पोसाक अनिवार्य, नलगाए पाँचसय जरिवाना !

आजदेखि माइक्रोचालक र सहचालकलाई पोसाक अनिवार्य, नलगाए पाँचसय जरिवाना !


काठमाडौँ, मंसिर १ : ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

शनिबार (आज)देखि लागू हुने गरी माइक्रोका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन अनिवार्य गरेको हो । यी ज्याकेटमा फ्लोरिसेन्ट पनि राखिएको हुन्छ ।‘यातायात व्यवस्था ऐनमै चालले विशेष खालको पोसाक लगाउनुपर्ने व्यवस्था छ, त्यसैले नियम कार्यान्वयनमा मात्रै ल्याएका हौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने, ‘तोकिएको ड्रेस नलगाए कारबाही गरिनेछ ।’ तोकेको ज्याकेट नलगाउने चालकलाई पाँच सय जरिवाना भराइने एसएसपी पन्तले बताए ।

पहिलो दिन ५० देखि ७० प्रतिशत माइक्रोका चालक र सहचालकले नियम पालना गर्ने प्रहरी अनुमान छ । चालकहरूलाई एक हप्तासम्मको अवसर दिइनेछ । त्यसपछि पनि नियम नमाने कारबाही गर्ने योजना छ । ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र सेता रङका करिब ९ सय ठूला र नीलो रङका एक सय ७० साना माइक्रो छन् ।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ०६ बजे

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको

समाजसेवाको उदाहरण बने शेर्पा : विद्यालयलाई पोसाक र स्मार्ट बोर्ड सहयोग

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पूर्व वडाध्यक्ष तथा समाजसेवी

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा तीर्थ लामाको उम्मेदवारी, संगठन र संसदीय अनुभवलाई आधार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काभ्रेपलाञ्चोक जिल्ला सभापति, पूर्वमन्त्री