२०८२, १ असार आईतबार

आजदेखि माइक्रोचालक र सहचालकलाई पोसाक अनिवार्य, नलगाए पाँचसय जरिवाना !

आजदेखि माइक्रोचालक र सहचालकलाई पोसाक अनिवार्य, नलगाए पाँचसय जरिवाना !


काठमाडौँ, मंसिर १ : ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

शनिबार (आज)देखि लागू हुने गरी माइक्रोका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन अनिवार्य गरेको हो । यी ज्याकेटमा फ्लोरिसेन्ट पनि राखिएको हुन्छ ।‘यातायात व्यवस्था ऐनमै चालले विशेष खालको पोसाक लगाउनुपर्ने व्यवस्था छ, त्यसैले नियम कार्यान्वयनमा मात्रै ल्याएका हौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने, ‘तोकिएको ड्रेस नलगाए कारबाही गरिनेछ ।’ तोकेको ज्याकेट नलगाउने चालकलाई पाँच सय जरिवाना भराइने एसएसपी पन्तले बताए ।

पहिलो दिन ५० देखि ७० प्रतिशत माइक्रोका चालक र सहचालकले नियम पालना गर्ने प्रहरी अनुमान छ । चालकहरूलाई एक हप्तासम्मको अवसर दिइनेछ । त्यसपछि पनि नियम नमाने कारबाही गर्ने योजना छ । ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र सेता रङका करिब ९ सय ठूला र नीलो रङका एक सय ७० साना माइक्रो छन् ।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ७ : ०६ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार