२०८२, ३ कार्तिक आईतबार

अर्थमन्त्री रामेछापको गाईखुरा एकीकृत बस्तीमा

अर्थमन्त्री रामेछापको गाईखुरा एकीकृत बस्तीमा


रामेछाप, ३० कात्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले २०७२ सालको भूकम्पले क्षति पु¥याएका संरचनाहरुको पुनःनिर्माणका लागि बजेटको अभाव नरहेको बताउनुभएको छ ।

रामेछापको मन्थली नगरपालिका–८ स्थित गाईखुरामा निर्माण गर्न लागिएको एकीकृत नमूना बस्तीको आज अवलोकन गर्दै अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनःनिर्माणमा देखिएको बजेट समस्यालाई व्यवस्थापन गर्ने कार्यमा सरकार जुटेको बताउनुभएको हो । उहाँले पुनःनिर्माणको कार्यमा सरकारले विशेष ध्यान दिएको पनि बताउनुभयो । भूकम्प गएको तीन वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत विश्व बैंकको सहयोगमा गाईखुरामा २५ घरसहितको एकीकृत नमूना बस्ती निर्माण हुन लागेको हो ।

अर्थमन्त्री खतिवडासँगै पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली, सांसद श्यामकुमार श्रेष्ठ, शान्तिप्रसाद पौडेल, रीता माझी र विश्व बैंकका प्रतिनिधि एकीकृत बस्तीको निरीक्षणका लागि गाईखुरा पुग्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ८ : ३८ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल