२०८३, ५ बैशाख आईतबार

सात थान वन्यजन्तुको दाह्रासहित छ जनालाई पक्राउ

सात थान वन्यजन्तुको दाह्रासहित छ जनालाई पक्राउ


काठमाडौँ, ३० कात्तिक: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सात थान वन्यजन्तुको दाह्रासहित छ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी नारायणटारबाट वन्यजन्तुको दाह्रासहित दोलखाका नुर्बु शेर्पा, मकवानपुरका देवलाल मोक्तान, दीपक लामा, गोकुल घले, सिन्धुपाल्चोकका रवि लामा र नुवाकोटका सुब्बा तामाङलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुदीप गिरीले संरक्षित वन्यजन्तुको दाह्रा (आखेटोपहार) खरीदबिक्री गर्न ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलार्ई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । ब्यूरोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ विरुद्धको अपराध भएकाले पक्राउ परेका सबैलाई कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा पठाइएको जनाएको छ । ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ६ : १९ बजे

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव