२०८३, १३ कार्तिक शुक्रबार

भक्तपुरमा अवैध भेटेनरी सञ्चालनमा

भक्तपुरमा अवैध भेटेनरी सञ्चालनमा


भक्तपुर, ३० कात्तिक : भक्तपुरमा सञ्चालित पशुका औषधि पसल (भेटेनरी) अवैधरुपमा सञ्चालित भएको पाइएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा समितिले आज विभिन्न स्थानमा सञ्चालित भेटेनरी पसल अनुगमनका क्रममा यस्तो भेटाएको हो ।

अनुगमनका क्रममा उज्वल भेटेनरी क्लिनिक, पासा भेटेनरी र विष्णु भेटेनरी फार्म अवैधरुपमा सञ्चालनमा रहेको पाइएकाले तीन दिनभित्र दर्ता गर्न निर्देशन दिइएको वरिष्ठ निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । अनुगमन टोलीले विभिन्न भेटेनरीबाट म्याद नाघेको औषधि इलेक्ट्रोमिक्स एक, फाइभ आयोडी एक, फाइभ भेट एक, ओस्टोपट एक, ब्रोटो केयर र स्टार सोल एक जफत गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ६ : १० बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित