२०८२, ७ चैत्र आईतबार

निर्मला पन्त हत्या प्रकरण: थप चारको डिएनए मिलेन

निर्मला पन्त हत्या प्रकरण: थप चारको डिएनए मिलेन


भीमदत्तनगर, ३० कात्तिक: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

घटनामा संलग्न हुनसक्ने आशमा प्रहरीले चारको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बिहीबार आइपुगेको डिएनए रिपोर्ट आज हेरिएको र रिपोर्ट नमिलेको बताउनुभयो । यसअघि प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरिएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टको डिएनए नमिले पछि साधारण तारेखमा छुटेका थिए ।

सोही घटनामा संलग्नताको आशङ्का तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित चार जनाको पनि डिएनए परीक्षण गरिएको थियो । अनुसन्धानका क्रममा हालसम्म परीक्षण गरिएका डिएनए नमिले पनि प्रहरीले सुक्ष्मरुपमा घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ६ : ०२ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको