२०८२, १ माघ बिहीबार

एक सातादेखि सातमहिने नाबालिका हिरासतमा

एक सातादेखि सातमहिने नाबालिका हिरासतमा


बाजुरा, मार्तडी, ३० कात्तिक : गौमुल गाउँपालिका–४ बस्ने एक महिलाकी सातमहिने नाबालिका छोरीलाई एक सातादेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको पाइएको छ । सातमहिने नाबालिकालाई एक सातादेखि हिरासतमा राखिएको प्रति आफन्तले आपत्ति जनाएका छन् ।

नेपालको संविधानले १० वर्षमुनिका बालबालिकालाई यातना दिन नपाइने अभिवक्ता हर्क खडायतले बताउनुभयो । प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले नाबालिकाकी आमा कमला रोकायालाई सोही वडाकी सङ्गीता रोकायाले ठगी मुद्दा दायर गरेपछि महिला प्रहरीको सेफ हाउसमा राखिएको जानकारी दिनुभयो ।

उहाँले सो वडामा रहेको बालविकास केन्द्रमा कर्मचारी राख्ने विषयमा विवाद हुँदा ठगीको उजुरी परेपछि पक्राउ गरिएको बताउनुभयो । नाबालिकालाई एक सातादेखि हिरासतमा राख्दासमेत जिल्लामा बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्था तथा अधिकारकर्मीले चासो नदेखाएको आफन्तको आरोप छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ५ : ४५ बजे

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७