२०८३, ३१ असार बिहीबार

काठमाण्डुका यी अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन

काठमाण्डुका यी अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनै सञ्चालन


काठमाडौँ, ३० कात्तिक: काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी सिधै ढलमा मिसाउने गरेको तथ्य फेला परेको हो । विभागले वातावरण निरीक्षकको नेतृत्वमा चार समूह गठन गरी उपत्यकाका ३० भन्दा बढी अस्पतालमा वातावरणीय कानूनका आवश्यक मापदण्ड पालना गरे÷नगरेको सम्बन्धमा स्थलगत अनुगमन गरेको थियो ।

वातावरण निरीक्षकको टोलीले अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र, सङ्क्रमण फोहरको व्यवस्थापन, धुलो धुवाँलगायत वातावरणीय कानूनी मापदण्ड पालना गरेको सम्बन्धमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सुष्मा कोइराला मेमोरियल अस्पतालले मात्र त्यस्ता सबै मापदण्ड पूरा गरेको पाइएको विभागका उपमहानिर्देशक सफला श्रेष्ठले जानकारी दिनुभयो ।

“अनुगमन गरिएका अस्पतालमध्ये सुष्मा मेमोरियल र बिएण्डबी अस्पतालले मात्र फोहर पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको देखियो”, उहाँले भन्नुभयो । नरदेवीस्थित आयुर्वेद चिकित्सालयले त अस्पतालबाट निस्कने सङ्क्रमण फोहर नछुट्याइ सिधैँ नगरपालिकाको फोहरमा फाल्ने गरेको अनुगमनमा जानुभएका वातावरण निरीक्षकले राससलाई जानकारी दिनुभयो ।

टोलीले अनुगमनका क्रममा मापदण्ड पालना नगर्ने शहीद मेमेरियल अस्पताल, विनायक, बिपी स्मृति, ग्रिन सिटी, नेपाल आँखा अस्पताल, नर्भिक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, मनमोहन मेमेरियल सामुदायिक (ठमेल), काठमाडौँ भ्याली, ओम, नोबेल, कान्तिपुर, एभरेष्ट, सशस्त्र प्रहरी बल अस्पताल, किष्ट मेडिकल कलेज, सुमेरु अस्पताल व्यवस्थापन पक्षसँग बयान लिएको उपमहानिर्देशक श्रेष्ठले बताउनुभयो ।

अनुगमनका क्रममा केही सुधारका लागि मनमोहन मेमेरियल (स्वयम्भू), गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौँ मोडेल, वीरेन्द्र सैनिक, नेपाल मेडिकल कलेज (जोरपाटी), अर्थाेपेडिक अस्पताल, मेडिकेयर, हेल्पिङ हेन्ड्सलगायतलाई सुधारका लागि सुझाव दिइएको थियो । विभागले मापदण्ड पालना नगरी वातावरण प्रदूषण गर्ने अस्पताललाई शुरुमा सुझाव दिई त्यसपछि सुधारका लागि प्रतिबद्धता दिलाउने गरेको छ । त्यसको पालना गरे÷नगरेको पुनः अनुगमन गरी सुधार नगर्नेलाई कारवाही गर्न मन्त्रालयलाई सिफारिश गर्ने गरेको विभागले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ५ : १४ बजे

केन्द्रमा समीकरण फेरिए पनि मधेश सरकार सुरक्षित, कांग्रेस नेतृत्वलाई तीन दलको साथ

जनकपुरधाम । केन्द्रमा कांग्रेस-एमाले सम्बन्धलाई लिएर राजनीतिक उतारचढाव भइरहेका बेला

केन्द्रको राजनीतिक हलचलको असर मधेशमा पनि, सत्ता समीकरणबारे नेताहरू ‘पर्ख र हेर’को अवस्थामा

जनकपुरधाम । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्धलाई

सुदूरपश्चिममा नयाँ राजनीतिक मोड, नेकपाले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने

धनगढी । सुदूरपश्चिम प्रदेशको विकसित राजनीतिक घटनाक्रमबीच नेपाल कम्युनिस्ट पार्टी

सर्वोच्चको आदेशले रोकियो सम्पत्ति छानबिन, आयोगले स्थगित गर्‍यो सबै प्रक्रिया

काठमाडौं । उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलन तथा

सांसदका लागि स्वकीय सचिवको सुविधा पुनः लागू, मन्त्रिपरिषद्को निर्णयपछि पुरानो व्यवस्था ब्युँतियो

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले पुनः स्वकीय सचिव राख्न