२०८२, १ माघ बिहीबार

‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’: नासा

‘प्राविधिक रुपमा सगरमाथा सर्वोच्च हैन’: नासा


काठमाडौं, कात्तिक ३०: प्राविधिक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथा नभएको अमेरिकाको नासाले जनाएको छ । माउन्ट एभरेस्टको नामले पनि विश्भरि चिनिने सगरमाथा समुदि« सतहको हिसाबले मात्र सर्वोच्च रहेको बताइएको छ ।

तर यदि फेद देखिको उचाई मापनको आधारमा भन्ने हो भने अमेरिकाको हवाइ टापुको माउना किया पहाड सबैभन्दा अग्लो भएको बताइएको छ । विगत चालिस करोड वर्षयताकै सबैभन्दा ठूलो ठक्करको रुपमा पाँच करोड वर्ष अघि भारतको महादेसिय प्लेट एसियामा धसिएपछि जमिनको भाग अकासिन पुग्दा सगरमाथा बनेको थियो ।

यथार्थमा एभरेष्ट समुदि« सतहबाट २९ हजार ३५ फिट र माउना किया १३ हजार ७ सय ९६ फिट माथि रहेका छन् । तर माउना किया प्रशान्त महासागर भित्र करिव १९ हजार ७ सय फिट डुबेको अवस्थामा रहेको छ । यस अर्थमा भन्ने हो भने माउना कियाको उचाई करिव ३३ हजार ५ सय फिट अग्लो अर्थात एभरेष्ट भन्दा झण्डै एक माइल अग्लो रहेको छ । वास्तवमा माउना किया हवाई टापुमा अवस्थित ठूलो निष्क्रिय ज्वालामुखी पहाड हो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ७ : ०९ बजे

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना