२०८२, २० चैत्र शनिबार

‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ हुने

‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ हुने


काठमाडौँ, २९ कात्तिक : नेपाली भाषामा तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यले ‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ आयोजना गरिने भएको छ ।

कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म पुरानो बानेश्वरस्थित साइम कलेजमा हुने बहसमा बेलायती संसदीय प्रणालीमा घनिभूत बहस हुनेछ । प्रतियोगिताका संयोजक पदम रेग्मी नेपाली भाषामा तर्कसंगत बहस वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत चार वर्षदेखि निरन्तररुपमा ‘राष्ट्र बहस’ प्रतियोगिता सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य लक्ष्य समावेशीताको सिद्धान्तअनुरुप आफ्ना विचार नेपाली भाषामा व्यक्त गर्न सकिनेछ । प्रतियोगितामा अधिकतम टोली सङ्ख्या ४० जनासम्म हुनुपर्ने र बहसकर्ताको सङ्ख्या प्रतिटोली दुई जना हुने नियम छ । सहभागी समूहलाई कात्तिक ३० गते तालीम दिइनेछ । मङ्सिर १ र २ गते समूह चरण छनोट गरिनेछ भने मङ्सिर ३ गते नकआउट चरणका साथै मङ्सिर ३ गते नै प्रतियोगिताको फाइनल हुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ८ : ३७ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।