२०८२, १ माघ बिहीबार

‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ हुने

‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ हुने


काठमाडौँ, २९ कात्तिक : नेपाली भाषामा तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यले ‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ आयोजना गरिने भएको छ ।

कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म पुरानो बानेश्वरस्थित साइम कलेजमा हुने बहसमा बेलायती संसदीय प्रणालीमा घनिभूत बहस हुनेछ । प्रतियोगिताका संयोजक पदम रेग्मी नेपाली भाषामा तर्कसंगत बहस वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यका साथ विगत चार वर्षदेखि निरन्तररुपमा ‘राष्ट्र बहस’ प्रतियोगिता सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य लक्ष्य समावेशीताको सिद्धान्तअनुरुप आफ्ना विचार नेपाली भाषामा व्यक्त गर्न सकिनेछ । प्रतियोगितामा अधिकतम टोली सङ्ख्या ४० जनासम्म हुनुपर्ने र बहसकर्ताको सङ्ख्या प्रतिटोली दुई जना हुने नियम छ । सहभागी समूहलाई कात्तिक ३० गते तालीम दिइनेछ । मङ्सिर १ र २ गते समूह चरण छनोट गरिनेछ भने मङ्सिर ३ गते नकआउट चरणका साथै मङ्सिर ३ गते नै प्रतियोगिताको फाइनल हुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ८ : ३७ बजे

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना