२०८२, २५ माघ आईतबार

महायज्ञमा दलितलाई निषेध

महायज्ञमा दलितलाई निषेध


कलैया २९ कात्तिक: बाराको प्रसौनी गाउँपालिकास्थित दुधौरा नदीको किनारमा आयोजित ‘सीताराम नाम जप’ महायज्ञमा दलित समुदायका व्यक्तिलाई हवनमा बस्न निषेध गरिएको छ ।

भदौ ५ गतेदेखि शुरु भएको सीताराम जप महायज्ञ’ ११७ दिनको रहे पनि यज्ञमा प्रसौनीका दलित समुदायका व्यक्तिलाई हवनमा बस्न नदिएपछि स्थानीय दलित समुदायका व्यक्ति निरास बनेका छन् । महायज्ञ व्यवस्थापन समितिले दलित समुदायका व्यक्ति हवनमा बस्दा अनिष्ट हुने अफवाह फैलाएपछि न्यायका लागि दलित समुदायका व्यक्ति प्रशासनमा गएका थिए । प्रशासनको भूमिकासमेत प्रभावकारी नहँुदा दलित समुदायको हकमा अन्याय भएको पूर्वमन्त्री कलावती पासवानले बताउनुभयोे ।

महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष सुनील गुप्ताले आज पत्रकार सम्मेलन गरी आफूहरुले दलित समुदायका व्यक्तिलाई हवनमा बस्न कुनै किसिमको अवरोध नगरेको जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य रमेश यादवले मानव कल्याणका लागि यज्ञको थालनी भएकाले विभेद गर्न नपाउने कानूनको अवज्ञा गर्ने अधिकार कसैको नरहेको बताउनुभयोे ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ६ : २१ बजे

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय

बिरामीलाई औषधि अभाव, अस्पतालमै म्याद सकियो

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको गोदाममा ठूलो

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बौराहाको विकास जनताको आवाजबाटै अघि बढाइने : उम्मेदवार ढकाल

विराटनगर । मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आयोगको दाबी: अब ढुक्कसँग निर्वाचन हुन्छ, बिथोल्न कसैले सक्दैन

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन