२०८२, १७ मंसिर बुधबार

दुर्घटनाको मुख्य कारक : चालकको लापर्वाही

दुर्घटनाको मुख्य कारक : चालकको लापर्वाही


काठमाडौँ, २९ कात्तिक : सवारी दुर्घटनाको सबैभन्दा ठूलो कारक चालकको लापर्वाही रहेको पाइएको छ । चाडबाडका बेला भएका सवारी दुर्घटनाको अध्ययन गर्दा ७२ प्रतिशत घटनामा चालकको लापर्वाही भेटिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । चाडबाडका बेला देशमा कूल ७०७ सवारी दुर्घटना भएकोमा ५१२ दुर्घटनामा चालकको लापर्वाही भेटिएको छ । उक्त दुर्घटनामा कूल १५१ को मृत्यु र ९७९ घाइते भए ।

नेपालीको मुख्य चाड दशैँ र तिहारको अवधिमा भएका सवारी दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अध्ययन गरेको थियो । “सबैभन्दा बढी दुर्घटना सवारी चालकको लापर्वाही पाइयो”, प्रवक्ता सुवेदीले भन्नुभयो, “अन्य कारणमा ओभरटेक, तीव्रगति र मापसेलगायत छ ।” प्रहरीले विभिन्न सचेतनामूलक कर्यक्रमसहित दुर्घटना न्यूनीकरणका उपाय अपनाएर कारवाहीलाई तीव्र बनाए पनि चालकको लापर्वाही भने घट्न सकेको छैन । तिहारका बेला मलुकभर कूल २०५ सवारी दुर्घटना भएको थियो । त्यसमध्ये १५४ दुर्घटनामा चालकको लापर्वाही पाइएको प्रहरीले जनाएको छ । जुन कूल दुर्घटनाको झण्डै ७५ प्रतिशत हो । ओभरटेक गर्दा पाँच, तीव्र गतिका कारण ३३, मापसेका कारण पाँच तथा यात्रुको लापर्वाहीले पाँच दुर्घटना भएका छन् ।

दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न छ । त्यसपछि जीप, कार बढी दुर्घटनामा परेको पाइएको छ । कात्तिक १९ देखि २४ सम्म तिहारका बेला विभिन्न दुर्घटनामा ३९ को मृत्यु भएको र २३० घाइते भएका छन् । यस्तै दशैँको अवसरमा भएको दुर्घटनाको अध्ययन गर्दा पनि झण्डै ६८ प्रतिशत दुर्घटनामा चालकको लापर्वाही देखिएको छ । कूल ३५५ दुर्घटनामध्ये २४२ दुर्घटना चालकको लापर्वाहीका कारण भएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । तीव्रगतिका कारण ५८, मापसेका कारण आठ, यान्त्रिक गडबडीले १० र यात्रुको गल्तीले २४ दुर्घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । गएको असोज २४ देखि कात्तिक ५ गते दशैँको अवधिमा भएको दुर्घटनामा ११२ को मृत्यु तथा ७४९ घाइते भएका छन् ।

सडकको दूरावस्था र निजी सवारीको अत्यधिक चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको निष्कर्ष छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त सडकको स्तरोन्नति गरी निजी सवारी आयातलाई कडाइ गर्नु जरुरी रहेको आँैल्याउनुहुन्छ । काठमाडाँैका उपत्यकामा भने अन्य जिल्लाको तुलनामा सवारी चाप बढ्दो छ । वाग्मती अञ्चलमा चल्ने सवारीमध्ये ९४ प्रतिशत गाडी काठमाडौँ उपत्यकामा गुड्ने ट्राफिक प्रहरीको भनाइ छ ।

एकजना प्रहरीले डेढ किलोमिटर सडकको ट्राफिक व्यवस्थापन हेर्नुपर्ने अवस्था रहेकाले पनि दुर्घटना न्यूनीकरण गर्न प्रहरीलाई समस्या छ । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापाक्षेत्री यसपटक चाडबाडका बेला उपत्यकामा सात हजार बढी प्रहरी परिचालन गरिएकाले ठूला आपराधिक घटना नभएको बताउनुहुन्छ । प्रहरीका अनुसार चाडबाडका बेला कूल ७०७ सवारी दुर्घटनामध्ये उपत्यकामा मात्रै ३३३ दुर्घटना भएका छन् । सो दुर्घटनामा उपत्यकामा १५ को मृत्यु तथा १७७ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ५ : ४५ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी