२०८२, १ माघ बिहीबार

भगवान किन पुजिन्छन् ? यस्ता हुन्छन् भगवानका गुणहरू

भगवान किन पुजिन्छन् ? यस्ता हुन्छन् भगवानका गुणहरू


हामी भगवान र मानिसको अन्तरलाई कसरी बुझ्छौं ? आस्तिकहरुले भगवान र जीवहरुबीचको दूरीलाई अनन्त रुपले विश्लेषण गर्दछन् भने नास्तिकहरु त्यतिसम्म पनि आवश्यक मान्दैनन् । तर, भगवानको समान गुणहरु भएको मानिसपनि भगवान समान बन्नसक्छ भन्ने कुरा आस्तिक मतमा पनि पाईन्छ । तर, कस्तो हुन्छ भगवानको विशेषता ?

विशिष्टाद्वेत दर्शन अनुसार भगवानको कूल ६ गुणहरु मुख्य रुपमा रहेका हुन्छन् । परमात्माको धेरै गुणहरु हुन्छन् । तर, त्यस मध्येपनि मुख्य ६ गुणहरुलाई विशेष गुणको रुपमा व्याख्या गरिएको छ । ती गुणहरु समान गुण भएका मानिसहरु पनि भगवान समान मान्ने गरिएको छ । तर, अहिलेको समयमा भगवानको समान गुण हुने मानिसहरु पाउन सक्ने अवस्था छैन ।

के के हुन् भगवानका मूलभूत ज्ञानहरु ?

१. ज्ञान
ज्ञान नाम सर्व साक्षत्कार रुपम् अर्थात् हामी एक पटकमा दुई वटा आँखा नै रहेको भएपनि एउटा मात्रै बस्तुलाई देख्न सक्छौं । तर, भगवानको विशेषता यस्तो छ कि एकैपटक भगवानले सर्वत्र साक्षत्कार गर्न सक्छन् । अर्थात् एकैपटक सबै ठाउँमा देख्न सक्छन् ।

२. शक्ति
अघटित घटना सामथ्र्यत्वम् इति शक्ति । अर्थात् नघटेको घटना घटाउनसक्ने क्षमता राख्नु नै भगवानको शक्ति हो । भगवानको संकल्पबाट नै सबै क्रियाकलाप हुने भएकोले भगवानको शक्ति अघटित घटना सामथ्र्यत्वम् भन्न सकिन्छ ।

३. बल
त्यस्तै, भगवानस्य बल अर्थात् धारणसामथ्र्यम् हो । अर्थात्, भगवान एक्लैले समग्र पृथ्वीको र समग्र ब्रह्माण्डको धारण गर्न सक्ने क्षमता नै भगवानको बल हो ।

४. ऐश्वर्य
भगवानको ऐश्वर्य भनेको नियमन क्षमता हो । अर्थात् नियमन सामथ्र्यत्वम् इति भगवत् ऐश्वर्य लक्षणम् । अर्थात् पृथ्वीमा विभिन्न विरुवा र जीवहरुको सृष्टि गर्न क्रममा नियमनलाई मूल ध्यान दिनु भगवान्को ऐश्वर्य हो । जस्तै यदि भगवानल् नियमन नगरेर सिंहको सन्तान पनि मानिसको समान भएको भए कति भयाभय स्थिती सिर्जना हुन्थ्यो ? जस्तै सर्पले कति अण्डा बनाउँछ र

कति सर्प जीवित हुन्छ ? यदि सर्पको सबैबच्चाहरु जीवित हुन्ये भने मानिसलाई बाँचेर हिँड्नै मुस्किल हुने अवस्था थियो । त्यसैले भगवानले त्यसको नियमन गर्ने गरेका छन् । त्यही नै भगवानको ऐश्वर्य हो ।

५ वीर्यत्व
अविकारित्वम् भगवानको वीर्य हो । वीर्य नामक गुणको कारण श्री भगवान सम्पूर्ण जगतको उपदान कारण भएर पनि विना कुनैपनि विकार जस्ताको त्यस्तै रहनुलाई नै अविकारित्वम भनिन्छ ।

६. तेज
शत्रुलाई प्रभावहीन बनाउने शक्तिलाई नै तेज भनिन्छ । भगवानको यो तेजरुपी शक्तिका कारण नै रावण आदि शत्रुहरु परास्त हुने गरेका छन् । यही नै भगवानको तेज रुपी शक्ति हो ।

माथि उल्लेखित ६ गुणहरु भगवानका मूल गुणहरु हुन् । यी गुणहरुका कारण नै भगवान मानिसभन्दा विशिष्ट मानिन्छन् । तर, यस्ता गुणहरुमध्ये केही मात्रै गुणले युक्त व्यक्ति पनि माननीय हुने अवस्था छ । यस बाहेक पनि भगवानका सौशील्य, वात्सल्य जस्ता गुणहरु पनि विशेष गरी भगवानमा मात्रै देखिने गरेको छ ।

क. सौशील्यता
जसरी कुनैपनि एउटा महान् व्यक्ति आफ्नो स्तरीयताको कुनै पर्वाह नगरी साना र ठूलालाई समान रुपले दर्शन दिन्छन् । त्यसैगरी भगवानले पनि दुखी, सुखी, धनी गरिब जस्ता भेद नहेरी समान रुपमा उनीहरुलाई सहज दर्शन दिनु नै भगवानको सौशील्यता हो ।

ख. वात्सल्य
जसरी गाईले भर्खर जन्मिएको बाच्छाको शरीरमा रहेको फोहोरलाई विर्सिएर दोषलाई पनि गुणको रुपमा सम्झिएर आफ्नो जिब्रोले बाच्छाको शरीरमा सफाई गर्छ । आफ्ना भक्तका दोषहरुलाई गुणको रुपमा सहज रुपमा स्वीकार्नु नै भगवानको वात्सल्य गुण हो ।

ग. मार्दव
आफ्ना भक्तहरुको वियोग सहन नसक्ने गुण नै भगवानको मार्दव गुण हो । भगवानको यही गुणलाईविश्लेषण गर्दै यमुनाचार्य स्तोत्रमालामा भनिएको छ । ‘क्षणेकपि ते यद्विरहोति दुः सह । अर्थात् जुन आश्रित जीवको क्षणभरको पनि वियोग सहन नसक्नु नैै भगवानको मार्दव गुण हो ।

यसबाहेक आश्रित जीवहरुप्रति शरीर वाणी र व्यवहारबाट एउटै काम गर्ने भगवानको गुण आर्जव हो । सामान्य मानिसले बोल्ने र गर्ने काममा पुरै फरक गर्ने गरेका छन् । तर, भगवानको विशेष गुण भित्र त्यसको ठीक विपरित गुण हुने गरेको छ । यससँगै आफ्नो आश्रित जीवको रक्षा गर्ने सौहार्दता, आश्रित जीवलाई शरणागतीमा लिने र उनीहरुलाई आफूप्रति जानकार बनाउनु भगवानको नयाँ गुण हो । यससँगै कारुण्य, माधुर्य, गाम्भीर्य र आदर्य भगवानको मुलभूत गुणहरु हुन् ।

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  १० : २० बजे

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७