२०८३, १७ आश्विन आईतबार

यस्तो छ १६ सय वर्ष पुरानो पलाञ्चोक भगवती मन्दिरको महिमा [हेर्नुहोस भिडियो सहित्]

यस्तो छ १६ सय वर्ष पुरानो पलाञ्चोक भगवती मन्दिरको महिमा [हेर्नुहोस भिडियो सहित्]


काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित पलाञ्चोक भगवती मन्दिरको महिमा नेपाल लगायत विश्वभर रहेको छ । अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी पलान्चोक भगवतीको ठूलो महिमा एवम् श्रद्धा छ । निश्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई लिने गरिन्छ ।

किंवदन्ती अनुसार, सुरुमा एक जना कलाकारले पलाञ्चोक भगवतीको मूर्ति निर्माण गरेका थिए । तर उनले त्यस्तो मूर्ति अन्यत्र बनाउन नसकून् भनी तत्कालीन शासकले उनको दायाँ हात काटिदिएछन् । त्यसपछि उनले देब्रे हातले नक्साल भगवतीको मूर्ति बनाएछन्, तर उनको देब्रे हात पनि काटिएछ । कालान्तरमा उनले खुट्टाले शोभा भगवतीको मूर्ति पनि बनाएछन् । त्यसपछि उनलाई मृत्युदण्ड दिइएछ । लिच्छवि राजा मान देवको समयमा देश भरिका नामक महिलाले पलान्चोक भगवतीको स्थापना गराएको ऐतिहासिक प्रमाण पाइएको छ । पलान्चोक भगवतीको उत्पत्तिका बारेमा जनमानसमा प्रचलित किंवदन्ती अनुसार, एक पटक बुकोटका बासिन्दाले एक पटक भगवतीलाई सपनामा देखेछन् ।

त्यसपछि तिनीहरूले भगवतीको स्थापना गर्नका लागि कतै लैजान लाग्दा बाटामा हालको पलान्चोक भगवती भएको ठाउँमा यिनलाई एक पटक बिसाएछन् । तर पुनः तिनलाई त्यहाँबाट उठाउन नसकेको हुनाले तिनलाई यहीं स्थापना गराएछन् । पलाञ्चोक भगवतीलाई पसिना आएको खण्डमा राष्ट्रमा राजनीतिक संकट राउने विस्वास गरिन्छ ।यस्तो छ १६ सय वर्ष पुरानो पलाञ्चोक भगवती मन्दिरको महिमा हेनुहोस भिडियोमा :

https://youtu.be/MN6PPegdvdQ

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  १० : ०७ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार