२०८२, २८ असार शनिबार

मेगा बैंकको खुद मुनाफा रु ४० करोड

मेगा बैंकको खुद मुनाफा रु ४० करोड


काठमाडौँ, २८ कात्तिक: मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख भएको हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको बैँकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा रु २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ असोज मसान्तमा रु ६६ अर्ब ११ करोड पुगेको छ । त्यसैगरी, कर्जा तथा सापटीमा रु २६ अर्ब ५४ करोडले वृद्धि भई रु ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत छ ।

मेगा बैंक र साविक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड २०७५ वैशाख ३० गते एक भई संयुक्त कारोबार प्रारम्भ गरिएको थियो । यी दुबै बैंक एक भएपछि निक्षेप रु १२ अर्ब ७३ करोड र कर्जा प्रवाह रु १२ अर्ब ७५ करोड भएको छ । मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्सटेनशन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्र, दुई हजार ३ सयभन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २८ कार्तिक बुधबार  ९ : २० बजे

तीन सन्तान जन्माउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले हालै युवाहरूलाई २० वर्षमै विवाह गरेर

ट्रम्पलाई चीनको भ्रमणको निम्तो, भ्रमणको तयारी प्रारम्भ

काठमाडौं । चीन र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित

एयर इन्डिया दुर्घटना : दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना

काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर