२०८३, १७ आश्विन आईतबार

मधुमेह दिवस : नियमित व्यायाम गर्न सुझाव

मधुमेह दिवस : नियमित व्यायाम गर्न सुझाव


भादगाउँ, २८ कात्तिक : विश्व मधुमेह दिवसका अवसरमा आज भक्तपुरमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए टु एमडी ३२५ को आयोजनामा जनचेतनामूलक ¥याली सम्पन्न भएको छ । लायन्स क्लब सेवा समन्वय समिति भक्तपुरको समन्वयमा आयोजित सो ¥यालीसँगै मधुमेहसम्बन्धी अन्तक्र्रिया र निःशुल्क मधुमेह परीक्षणसमेत गरिएको थियो ।

¥यालीको समापनपछि आयोजित अन्तक्र्रियामा डा अंशुमाली जोशीले मधुमेहबाट बच्न र बचाउन दैनिक खानपानमा ध्यान दिन, नियमित ब्यायाम गर्न, तनावमुक्त जीवनशैली अपनाउन सुझाव दिनुभयो । कार्बोहाइडेटको मात्रा बढी भएको खाना, चिल्लो र गुलियो पदार्थ बढी हुँदा पनि मधुमेहको सम्भावना हुने जनाउँदै उहाँले मधुमेहका बिरामीले हेलचेक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षाघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।

अल्का अस्पताल, डा इवामुरा अस्पताल, भक्तपुर हार्ट एण्ड डायविटिज सेन्टरको सहकार्यमा टौमढी, दरबार स्क्वायर र दत्तात्रयमा निःशुल्क मधुमेह शिविर सञ्चालन भएको थियो । मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाउन थालिएको हो । विश्वभर ३५ करोडभन्दा बढी जनसङ्ख्या मधुमेहको खतरामा रहेको विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडा छ । नेपालमा भने करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २८ कार्तिक बुधबार  ८ : ५६ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार