२०८३, ३० असार बुधबार

सञ्चारकर्मी प्रविना गोले पुरस्कृत

सञ्चारकर्मी प्रविना गोले पुरस्कृत


काठमाडौँ, २६ कात्तिक ‘एभरेस्ट टाइम्स साप्ताहिक युके पत्रकारिता पुरस्कार–२०७५’ बाट सञ्चारकर्मी प्रविना गोले पुरस्कृत हुनुभएको छ । उपराष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चारकर्मी गोलेलाई सो पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु ३५ हजार र सम्मानपत्र रहेको छ ।

संयुक्त अधिराज्य बेलायतबाट प्रकाशित हुने एभरेस्ट टाइम्स साप्ताहिकले अपाङ्गता भएका महिला पत्रकारको प्रोत्साहनका लागि सो पुरस्कार स्थापना गरेको हो ।

पुरस्कार प्रदान गर्दै उपराष्ट्रपति पुनले बेलायतमा बसेर पनि नेपाली पत्रकारिताको विकास र विशेष गरेर अपाङ्गता भएका महिला पत्रकारको प्रोत्साहनमा काम गर्नु सराहनीय रहेको बताउनुभयो । उहाँले पत्रकारिताको विकास र विस्तारका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक दूत पुनले शारीरिक रुपमा कमजोर भएर पनि पत्रकारितामा सङ्घर्ष गरिरहेका महिलालाई प्रोत्साहन दिनका लागि पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो । पुरस्कारलाई वर्षेनी प्रदान गर्नका लागि रु पाँच लाखको अक्षय कोष स्थापना गरिएको छ । हरेक वर्ष एक जना अपाङ्गता भएका महिला पत्रकारलाई पुरस्कृत गरिनेछ ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ८ : ५१ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै