२०८३, ५ बैशाख आईतबार

प्रदेश ३ का मुख्यमन्त्रीलाई विद्युतीय कार,पेट्रोल,डिजेलबाट चल्ने सवारी विस्थापीत हुने

प्रदेश ३ का मुख्यमन्त्रीलाई विद्युतीय कार,पेट्रोल,डिजेलबाट चल्ने सवारी विस्थापीत हुने


हेटौँडा, २६ कात्तिक ३ नं प्रदेशको प्रदेश सरकारले मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरीद गरेको छ । सूर्या गुड्स सप्लाइ प्रालिमार्फत खरीद गरिएको चीनमा निर्मित बि वाइ डी कम्पनीको कार दुई घण्टा चार्ज गरेपछि ४०० किमीसम्म चल्ने ३१७ भोल्ट क्षमताको रहेको छ ।

विद्युतीय कार १० वर्षसम्म सामान्य ब्याट्री मर्मत मात्र गरे पुग्ने बताइएको छ । पेट्रोल र डिजेलको कार–जीपभन्दा सञ्चालन खर्च निकै कम हुने विशेषता भएको सो कारको मूल्य रु ५५ लाखमा खरीद गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले प्रदेशसभामा नीति तथा कार्यक्रम र बजेटमा ३ नं प्रदेशमा आगामी १० वर्षभित्र पेट्रोल, डिजेलबाट चल्ने सवारी विस्थापन गरी विद्युतीय सवारी साधन चलाउन प्राथमिकता दिने योजना प्रस्तुत गरिएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले छिट्टै चीनबाट २५ वटा सार्वजनिक यातायातका विद्युतीय बस पनि खरीद गर्ने प्रक्रिया चलाएको बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ८ : २३ बजे

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, १४ घाइते

सल्यान । जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको ज्यान

एमाले अध्यक्ष केपी शर्मा ओली २२ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी