२०८२, ३० असार सोमबार

अमेरिकामा आगलागीबाट मृत्यु हुनेहरुको संख्या २३ पुग्यो

अमेरिकामा आगलागीबाट मृत्यु हुनेहरुको संख्या २३ पुग्यो


अमेरिका, २६ कात्तिक अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको संख्या २३ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

उद्धारकर्ताहरुले आगलागीबाट प्रभावितहरुको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् ।

“आज, हामीले थप १४ जनाको शव फेला पारेका छौँ, योसँगै मृत्यु हुनेको संख्या २३ पुगेको छ,” बट काउन्टीका प्रहरी अधिकारी कोरी होनेले बताउनुभयो । आगोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको छ । भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ ।

आगलागी प्रभावित क्षेत्रका झण्डै ५२ हजारलाई ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको समाचारमा जनाइएको छ । बिहीबार बिहान सुरु भएको आगलागी प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो ।

आगलागीका कारण अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्टलगायत गरी छ हजार ७०० भन्दाबढी भवनहरु क्षतिग्रस्त भएका छन् । आगलागी भएको जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्ण रुपमा जङ्गलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ ।

उद्धारका लागि केही व्यक्तिहरुलाई खटाइएको भएपनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन । उनीहरुले प्रारम्भिक रुपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरुकै कारण जङ्गलमा आगलागी भएको र उनीहरुको ज्यान गएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, २६ कार्तिक सोमबार  ९ : ११ बजे

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, योग्यता छानबिनका लागि समिति गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा गठन भएको

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल