रौतहट, कात्तिक २६ : कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोगीत । चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ । कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्डाइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाईन्छ ।
गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मात्र होईन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक नै खटिएका छन् । फार्म आसपास कुनै गाडी वा ठुलो आवाजसहित मानिस दौडिँदा पनि कुखुरा तर्सिने र एकअर्कामा च्यापिएर मन सक्ने भएकाले लोकगीतको तालमा झुम्ने बानी पारेको सञ्चालक फिरोज श्रेष्ठले बताए । संगीतको तालमा ध्यानमग्न भएपछि कुखुराले अण्डा धेरै पार्ने उनको दाबी छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।
प्रतिक्रिया