२०८३, ३० भाद्र बुधबार

वनभोज खाएर फर्कर्दै गरेको ट्याक्टर दुर्घटना: ३को मृत्यु, ३४ घाइते

वनभोज खाएर फर्कर्दै गरेको ट्याक्टर दुर्घटना: ३को मृत्यु, ३४ घाइते


गाईघाट, २५ कात्तिक: वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर आज साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । उदयपुर जिल्लाको बेलका नगरपालिका–८ तपेश्वरी जङ्गलस्थित रङ्गमहल कोशीटप्पु क्षेत्रमा भएको दुर्घटनामा बेलका–२ भागपुर बस्ने १९ वर्षीया बिनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको बताइएको छ ।

स१त ५८५० नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका ३४ जनाको अहिले धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचार शुरु भएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । मृतकको अहिले बिपी मेमोरियल अस्पतालमा सनाखत भइसकेको छ ।

बिहान कोशी टप्पुमा वनभोज गएकाहरु साँझ फर्कने क्रममा सप्तकोशी रङ्गमहलको जङ्गलमा ट्र्याक्टर सडकबाट तल खसेको बेलकाका स्थानीयवासी राजकुमार भुजेलले बताए । दुर्घटनामा पर्नेहरु सबै बेलका नगरपालिका–२ भागलपुरवासी रहेका छन् । घटनाको अन्य विवरणहरु अझै पूर्ण नआइसकेको र घटना हुनेबित्तिकै घाइतेसहित सबैलाई स्थानीयवासीले नै तत्काल धरानस्थित बिपी मेमोरियल अस्पताल पु¥याएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ९ : ३९ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको