२०८२, २५ भाद्र बुधबार

वनभोज खाएर फर्कर्दै गरेको ट्याक्टर दुर्घटना: ३को मृत्यु, ३४ घाइते

वनभोज खाएर फर्कर्दै गरेको ट्याक्टर दुर्घटना: ३को मृत्यु, ३४ घाइते


गाईघाट, २५ कात्तिक: वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर आज साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । उदयपुर जिल्लाको बेलका नगरपालिका–८ तपेश्वरी जङ्गलस्थित रङ्गमहल कोशीटप्पु क्षेत्रमा भएको दुर्घटनामा बेलका–२ भागपुर बस्ने १९ वर्षीया बिनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको बताइएको छ ।

स१त ५८५० नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका ३४ जनाको अहिले धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचार शुरु भएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । मृतकको अहिले बिपी मेमोरियल अस्पतालमा सनाखत भइसकेको छ ।

बिहान कोशी टप्पुमा वनभोज गएकाहरु साँझ फर्कने क्रममा सप्तकोशी रङ्गमहलको जङ्गलमा ट्र्याक्टर सडकबाट तल खसेको बेलकाका स्थानीयवासी राजकुमार भुजेलले बताए । दुर्घटनामा पर्नेहरु सबै बेलका नगरपालिका–२ भागलपुरवासी रहेका छन् । घटनाको अन्य विवरणहरु अझै पूर्ण नआइसकेको र घटना हुनेबित्तिकै घाइतेसहित सबैलाई स्थानीयवासीले नै तत्काल धरानस्थित बिपी मेमोरियल अस्पताल पु¥याएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ९ : ३९ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा