२०८३, ३१ असार बिहीबार

पाल्पामा जीप दुर्घटना: एकको ज्यान गयो , सात घाइते

पाल्पामा जीप दुर्घटना: एकको ज्यान गयो , सात घाइते


रामपुर, २५ कात्तिक : पाल्पामा आज भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका–६ पालुङ्गमा आज बिहान भएको दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेमध्ये दुई जनाको युनाइटेड मिसन अस्पताल तानसेन र अन्य चार जनाको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ । रिब्दीकोट गाउँपालिका–६ का ६२ वर्षीय मीनबहादुर गाहाको अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको थियो । जीपमा सवार १४ यात्रुमध्ये घाइते सबै रिब्दीकोटकै रहेको प्रहरीको भनाइ छ ।

घाइते हुनेमा १८ वर्षीय बिमला कुँवर, १४ वर्षीय निरुताकुमारी गाहा, ४७ वर्षीय टुकिकुमारी गाहा, २९ वर्षीय सीताकुमारी राना, ८२ वर्षीय कुलबहादुर कुँवर, १९ वर्षका लोकमाया गाहा कुँवर रहेका छन् । आज पालुङ्गबाट तानसेनतर्फ जाँदै गरेको लु१ज १४९६ नंको जीप उकालो बाटोमा पछाडि गुडेर दुर्घटना भएको हो । जीप र चालक अहिले प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : १० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै