२०८२, ३ श्रावण शनिबार

पाल्पामा जीप दुर्घटना: एकको ज्यान गयो , सात घाइते

पाल्पामा जीप दुर्घटना: एकको ज्यान गयो , सात घाइते


रामपुर, २५ कात्तिक : पाल्पामा आज भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका–६ पालुङ्गमा आज बिहान भएको दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेमध्ये दुई जनाको युनाइटेड मिसन अस्पताल तानसेन र अन्य चार जनाको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ । रिब्दीकोट गाउँपालिका–६ का ६२ वर्षीय मीनबहादुर गाहाको अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको थियो । जीपमा सवार १४ यात्रुमध्ये घाइते सबै रिब्दीकोटकै रहेको प्रहरीको भनाइ छ ।

घाइते हुनेमा १८ वर्षीय बिमला कुँवर, १४ वर्षीय निरुताकुमारी गाहा, ४७ वर्षीय टुकिकुमारी गाहा, २९ वर्षीय सीताकुमारी राना, ८२ वर्षीय कुलबहादुर कुँवर, १९ वर्षका लोकमाया गाहा कुँवर रहेका छन् । आज पालुङ्गबाट तानसेनतर्फ जाँदै गरेको लु१ज १४९६ नंको जीप उकालो बाटोमा पछाडि गुडेर दुर्घटना भएको हो । जीप र चालक अहिले प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ७ : १० बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै