२०८३, २२ भाद्र मंगलबार

जुम्लामा एकैदिन तीन महिलामाथि जबर्जस्ती करणी

जुम्लामा एकैदिन तीन महिलामाथि जबर्जस्ती करणी


सुर्खेत, २५ कात्तिक : यो सातामा मात्र जुम्लामा तीन महिला एकैदिन जबर्जस्ती करणीको शिकार भएको उजुरी प्रहरीमा परेको छ । यही कात्तिक १८ गतेका दिन पातारासी गाउँपालिका–२ का एक र तिला गाउँपालिका–४ जुम्लाका दुई महिलाले आफू जबर्जस्ती करणीमा परेको उजुरी प्रहरीमा हालेका हुन् । पातारासीका पीडित महिलाको बयानका आधारमा जबर्जस्ती करणी गरेको आरोपमा सोही वडाका ४५ वर्षीय भैरे सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

तिला गाउँपालिकाका–४ जुम्लाका एकै घरका दुई महिला जबर्जस्ती करणीका चार आरोपित भने फरार रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । कात्तिक १८ गते घरभन्दा करीब छ किलोमिटर टाढा घाँस काटेर बेलुका ७ः३० बजे फर्कदै गर्दा दुई मोटरसाइकलमा आएका चार जनाको समूहले आफूलाई जबर्जस्ती करणी गरेको किटानी जाहेरीसहितको उजुरी परिसकेको र फरार आरोपितको खोजी कार्यलाई तीव्रता दिइएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार फरार अभियुक्त पक्राउ नपरेकाले नै नाम सार्वजनिक गरिएको छैन । यही कात्तिक १ गते तातोपानी गाउँपालिका–२ जुम्लाका एक महिलालाई बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का २६ वर्षीय भक्त सार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो एक महीनामा चार जना महिला जबर्जस्ती करणीको शिकार भएका छन् ।

स्वास्थ्य परीक्षणमा कठिनाइ
पीडित र पीडक दुुवैको जुम्लामा स्वास्थ्य परीक्षण हुन नसकेका कारण अनुसन्धानमा प्रभाव परेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ र तालीम प्राप्त चिकित्सक नभएको प्रतिक्रिया दिएपछि प्रहरीको अनुसन्धानका साथै पीडित महिला समस्यामा परेका हुन् ।

प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पुजन रोकायाले आफूहरुले असहयोग गर्न नचाहेको तर गत भदौ ४ गते आएको राजपत्रले विशेषज्ञ तथा तालीम प्राप्त चिकित्सक तोकेकाले उक्त जनशक्ति नभएको स्वास्थ्य परीक्षण गर्न नसकिएको जनाउनुभयो । पीडितमहिलालाई कालिकोट जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गर्न पठाएको बताउँदै परीक्षण कार्य ढिलाइले प्रमाण नष्ट हुने डर भएको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।

विशेषज्ञ चिकित्सकका लागि गुहार
जिल्ला प्रहरी कार्यालय जुम्लाले विशेषज्ञ चिकित्सक उपलब्धार्थ सङ्घीय एकाइ सुर्खेत–हाल नेपालगञ्जमा पत्राचार गरेको छ । यसको बोधार्थ प्रहरी प्रधानकार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय जुम्लासमेतलाई दिइएको जिप्रका जुम्लाले जनाएको छ ।

प्रतिष्ठान जुम्लाले तालीम प्राप्त चिकित्सक नभएको र राजपत्रमा उल्लेख भएबमोजिम परीक्षण गर्न नसिकने पत्र पठाएपछि सङ्घीय एकाइ सुर्खेतमा गुहार मागिएको जिप्रका जुम्लाले बताएको छ । परीक्षण जुम्लामा नहुँदा आफूहरुलाई झन पीडा भएको पीडितको गुनासो छ । तीन महीनाअघि पनि तिला गाउँपालिकाकै एक मेला हेर्न गएकी बालिका सामूहिक बलात्कारमा परेकी थिइन् ।
-रासस

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ६ : ३७ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै