२०८३, २२ आश्विन शुक्रबार

तिहारमा माइत जाँदा भाईलाई आरती,फर्किदा श्रीमानलाई दागबत्ति

तिहारमा माइत जाँदा भाईलाई आरती,फर्किदा श्रीमानलाई दागबत्ति


बुटवल। भाई टिकाको दोश्रो दिन गुल्मीको छल्दीघाटमा एक महिला लामो डाको छाड्दै थिईन । तिहारमा बुटवलमा दाजु भाईलाई टिका लागउन जाँदाका ती कपडा र गहना गाउँ घरका ईज्जत अनुसारको थियो । धेरै महिलाहरुले उनलाई सम्झाई रहेका थिए । अर्धबैशे उमेरकी उनि बुटवलबाट श्रीमान बिमारी भएका छन भन्ने खबर पाएपछि भाई टिकाको अर्को दिन अत्तालिदै आइन् । छोरालाई झै श्रीमानलाई बाबु भन्ने बानी रहेछ उनको । अपरिचीतहरु बाबु भन्न साथ ती मृत उनका छोरा रहेछन कि भन्दै थिए । उनले भनिन् बाबुमलाई नजाउ तिहारमा भनेको भए त दुई दिन सम्म त तिमी संगै बस्न पाउने रहेछ नी । कोलहाल सहित उनको यस्तो सवालमा जवाफ फर्काउने कोही थिएन । बरु उनीसंगै डाको छाड्नेहरु धेरै थिए । शानिबार दिउँसो गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर २ छल्दीघाटको दृश्य थियो यो ।

सोही वडाको हर्पुकोट गाउँका ५६ बर्षिय शिबबहादुर बिकको गए राती मृत्यु भएको रहेछ । दिउँसो र साँझ सम्म उनी आफ्ना दाजु भिमबहादुर बिकसहित परिवारको सदस्यसंग राम्रै बोल चाल गर्दै गरेको उनको परिवार बताउँछन । शिबबहादुरले हाँसी खुशी श्रीमति बेलकुमारीलाई बुटवलको देबिनगरमा रहेका दाजु भाईलाई टिका लगाउन पठाएका रहेछन । चटक्क परेर दाजु भाईलाई टिका लगाउन हिडेकी बेलकुमारीको झोला भरिलो देखिन्थ्यो । बिरामी भनिए पनि सामन्य ठानेर होला श्रीमानलाई खाने कुरा बोकेर आएको देखिन्थ्यो । हिजो भाई भतिजालाई बुटवलमा भाई टिकाको आरती पर्छिदै टिका लगाई दिएकी बेलकुमारी श्रीमानसंग फोनमा हाँसीखुसी कुराकानी गरेको बताइएको छ ।

गए राती हर्पुकोटबाट अर्धचेत अवस्थामा जिल्ला अस्पताल हिडालिएको शिबबहादुरलाई डाक्टरले घर लैजाने सल्लाह दिएपछि घर फर्काइएको थियो। बेलकुमारीले पारी खेतबाट मेरो बाबुलाई दागबत्ति मैले दिन पाउँ भन्दै चित्तामा हाम फाल्न खोज्दै थिइन् । डाको छोडेर रुँदै आफ्नो श्रीमानको दागबत्ति दिईन ।मृतक शिबबहादुर एक बर्ष अघि ब्रेन ट्युमरको बिमार उपचार गरेर फर्किएका थिए । उनलाई डाक्टरले खाने पिउने चिज मनाही गरे पनि अटेरी गरेका कारण मृत्यु निम्ताएको परिवारको एक सदस्यले बताए । उनी देउसी भैलो र सालैजो लगायतका लोक संस्कृति संरक्षणमा लामो समय देखि जुट्दै आएका थिए । उनी बिनाको तिहारको रमाईलो गाउँबासीले कल्पान समेत गर्न सक्दैन्थे ।
-साभार : न्युज २४

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ७ : ११ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य