२०८२, ८ पुस मंगलबार

वडाध्यक्षमाथि कुटपिट, प्रहरीद्धारा एक राउन्ड हवाईफायर

वडाध्यक्षमाथि कुटपिट, प्रहरीद्धारा एक राउन्ड हवाईफायर


रुकुम, २४ कात्तिक: रुकुम (पश्चिम)को आठविसकोट नगपालिकाका वडाध्यक्ष घाइते भएका छन् । नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

तिहारको अवसरमा गाउँमा सञ्चालन भएको स्थानीय मेलामा विवाद हुँदा युवाहरुको आक्रमणबाट वडाध्यक्ष विक घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जानकारी दिएको छ । स्थीति नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले एक राउन्ड हवाईफायर गरेको छ । कुटपिट बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिनको लागि हवाईफायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

पुरानो रिसिइबीका कारण वडाध्यक्षमाथि हातपात भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइते वडाध्यक्ष विकको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ६ : ३१ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ