२०८३, २२ आश्विन शुक्रबार

वडाध्यक्षमाथि कुटपिट, प्रहरीद्धारा एक राउन्ड हवाईफायर

वडाध्यक्षमाथि कुटपिट, प्रहरीद्धारा एक राउन्ड हवाईफायर


रुकुम, २४ कात्तिक: रुकुम (पश्चिम)को आठविसकोट नगपालिकाका वडाध्यक्ष घाइते भएका छन् । नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

तिहारको अवसरमा गाउँमा सञ्चालन भएको स्थानीय मेलामा विवाद हुँदा युवाहरुको आक्रमणबाट वडाध्यक्ष विक घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जानकारी दिएको छ । स्थीति नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले एक राउन्ड हवाईफायर गरेको छ । कुटपिट बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिनको लागि हवाईफायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

पुरानो रिसिइबीका कारण वडाध्यक्षमाथि हातपात भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइते वडाध्यक्ष विकको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ६ : ३१ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य