२०८३, ३१ असार बिहीबार

जान्नुहोस् कुन राशि संग बिहे गर्नु हुँदैन

जान्नुहोस् कुन राशि संग बिहे गर्नु हुँदैन


के तपाईंहरु श्रीमान श्रीमतीको सँगको सम्बन्ध राम्रो छैन ? के तपार्इंहरु एक आपसमा झगडा गरिरहनुहुन्छ । यस्तो तव हुन्छ तपाईहरुको ग्रह अनुसारको स्वभावमा मेल खाँदैन । पति पत्नीबीचको तनावका कारण राशि पनि हुन सक्छ । आउनुहोस् जान्नुहोस् तपाईको कस्तासँगको सम्बन्ध राम्रो र नराम्रो हुन्छ । यसबाट तपाईंले कस्तासँग विवाह गर्न हुँदैन भन्ने सहजरुपमा थाहा पाउन सक्नुहुने छ ।

मेष राशिः यस राशिका मानिस बहुत साहसी, स्वतन्त्र तथा भावुक हुने गर्छन् । यसकारण मेष राशि भएकाले वृष राशि भएकासँग विवाह कहिले पनि गर्न हुँदैन । किनकी वृष राशि भएकाहरु सम्बन्धमा त्यति रुचि राख्दैनन् । जबकि मेष राशि वाललाई यस्तो गर्न मन पर्छ ।

वृष राशिः यस राशिका मानिस प्राक्टिकल तथा इमान्दार हुन्छन् । यस राशिको धनु राशि वालासँगको सम्बन्ध राम्रो हुँदैन । धनु राशि वाला मानिस जिम्मेवारीबाट पछि भाग्छन् ।

मिथुन राशिः यो राशि भएका मानिस वफादार तथा मोज मस्ती गर्ने प्रवृत्तिका हुन्छन् । यी राशिभएकाहरु आफ्नो जिन्दगीमा सधै नयाँ गर्ने बारेमा सोच राखिरहेका हुन्छन् । यी राशिका लागि मकर राशि भएका मानिस सही मान्दिैनन् । किनकी मकर राशिका मानिस मिथुन राशि भएकाहरुलाई उत्तेजित गर्न सक्दैनन् । मकर राशिका मानिस समय अनुसार हिड्न मनपराउँछन् । जहाँ मिथुन राशिका मानिस ‘जे पर्छ टर्छ’ भन्ने प्रकृतिका हुन्छन् ।

कर्कट राशिः यस्ता राशि भएका मानिस सहयोगी हुन्छन् । यस्तो राशि भएका कुम्भ राशि भएकाको सम्बन्ध धेरै खराब हुन्छ । कुम्भ राशिका मानिस स्वतन्त्र खालका हुन्छन् । जसका कारणले कर्कट राशि भएका मानिस कुम्भ राशि भएका मानिस आवश्यक हुन्न ।

सिंह राशिः सिंह राशि भएका मानिसमा आत्मविश्वास धेरै हुन्छ । साथै यो राशिका मानिस आकर्षक पनि हुन्छन् । सिंह तथा वृश्चिक राशि भएका मानिसको सम्बन्ध त्यति राम्रो हुँदैन । किनकी वृश्चिक राशि भएकाहरु जिद्दी तथा ईष्र्यालु स्वभावका हुन्छन् । जसलाई सिंह राशिवाला मन पर्दैन ।

कन्या राशिः यस राशिका मानिस आफ्नो मिलनसार स्वभावका लागि जानिन्छन् । कन्या राशि भएकाहरु हेरचाह जीवन जिउन चाहन्छन् । तुला तथा कन्या राशिका व्यक्ति बीचको सम्बन्ध खासै राम्रो मानिदैन ।

तुला राशिः यस राशिका मानिस आफ्नो मिलनसार स्वभावका लागि जानिन्छन् । यी राशिभएकाहरु हेरचाहमुक्त जीवन मन पराउँछन् । तुला राशिका र कन्या राशिका बीचको सम्बन्ध त्यति राम्रो हुन्न किनकी कन्या राशिका मानिस धेरै तनाव लिनेखालका हुन्छन् ।

वृश्चिक राशिः यस राशि भएमा मानिस माथि सजिलैसँग विश्वास गर्न सकिन्छ । यसको विरोधी राशि मेष हो । किनकी मेष राशि भाएका मानिसलाई रिस चाडै आउँछ । वृश्चिक राशि वालाको प्रेम पूर्ण वातावरण भएको माहोल मन पर्छ ।

धनु राशिः यस राशिका मानिसमा उर्जा धेरै हुन्छ । र यी राशि भएका मानिस बहुत सकारात्मक हुन्छ । यसको तथा वृष राशिको जोडी सही मानिदैन । किनकी वृष राशिका मानिस यति धेरै उत्साही हुन्न तथा आफ्नाृ व्यावहारिक जीवनमा व्यस्त रहन्छन् ।

मकर राशिः यो राशि भएका मानिस इमानदर, वफादार तथा महत्वाकांक्षी हुन्छन् । यसका सबैभन्दा खराव जोडी मिथुन राशि भएका मानिस हुन्छन् । किनकि मकर राशि भएकाहरुमा समझदारीताको कमी हुन्छ ।

कुंभ राशिः यस राशिका मानिस आक्रामक स्वभावका हुन्छन् । यस राशिको र कर्कट राशिको जोडी राम्रो मानिदैन किनकी कर्कट राशि भएकाहरु भावुक स्वभावका हुन्छन् ।

मीन राशिः यस राशि भएका मानिस रोमान्टिक हुन्छन र भावनालाई महत्व दिन्छन् । मीन राशि भएका र कन्या राशि भएकाहरुबीचको सम्बन्ध राम्रो हुँदैन किनकी कन्या राशि भएका हरु व्यवहारिक हुन्छन् ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ५ : २५ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै