२०८३, ३१ असार बिहीबार

आज कुकुर तिहार, कुकुरको बारेमा रोचक प्रसंग हेर्नुहोला

आज कुकुर तिहार, कुकुरको बारेमा रोचक प्रसंग हेर्नुहोला


कुकुर सबैभन्दा इमान्दार तथा बफादार प्राणी मानिन्छ । त्यसैले कुकुरले जनावरहरुमा सबैभन्दा धेरै मानिसको माया पाउन सफल भएको छ र भाग्यमानी कुकुरहरु दुनियाका करोडौँ गरीब मानिसहरुको भन्दा भव्य जिवनशैली बाँचिरहेका छन् ।

मानिसले कुकुरलाई गर्ने मायाका विभिन्न उदाहरण पाइन्छन् । कतै मानिसले आफूले पालेको कुकुरलाई नै बिहे गरेको समाचार पनि सुनिन्छ भने कतै कुकुरलाई आफूसँग राख्न नपाउँदा लोग्नेसँग डिभोर्स गरेको खबर पनि आउँछ । यस्तो भाग्यमानी कुकुरहरुका बारेमा केही रोचक तथ्य यस्ता छन्स्

१.  झण्डै ३० हजार वर्ष पहिलेदेखि मानिसले कुकुरलाई घरपालुवा जनावर बनाएको हो ।

२ . कुनै समय कुकुर र भेँडाको वंशज एउटै थियो । त्यसैले आज पनि यी दुई प्राणीको डिएनए ९९ दशमलव ९ प्रतिशत मिल्छ ।

३.  मानिसको रक्तसमूह ४ प्रकारको हुन्छ, जबकी कुकुरको रगत १३ प्रकारको हुन्छ ।

४.  अन्तरीक्षमा जाने पहिलो जनावर कुकुर हो, जसको नाम लाइका हो । सन् १९५७ को नोभेम्बर ३ मा सोभियत संघले लाइकलाई अन्तरीक्षयानमा हाली अन्तरीक्षमा पठाएको थियो । तर अन्तरीक्षयानमा अत्यधिक गर्मीका कारण उसको मृत्यु भयो ।

५ . आमिर खानसँग एउटा यस्तो कुकुर छ, जसको नाम शाहरुख खान हो ।

६.  एउटा कुकुर २ वर्षको मानिसको बच्चाजत्तिकै बुद्धिमान हुन्छ र त्यसलाई डेढ सय शव्द सिकाउन सकिन्छ ।

७.  मानिसका अलावा कुकुर मात्रै यस्तो जिव हो जसले आँखामा हेरेर मानिसको हाउभाउ पहिचान गर्न सक्दछ ।

८.  कुकुरको सुँघ्ने शक्ति मानिसको भन्दा १ हजार गुणा बढी हुन्छ । तालिम प्राप्त कुकुरले सुँघेर विभिन्न रोगका साथै विस्फोटन पदार्थ र लागुऔषधि पनि पत्ता लगाउन सक्दछ ।

९.  आइसल्याण्डमा घरपालुवा कुकुर राख्नु गैरकानूनी हो । त्यस्तै अमेरिकाको ओक्लोहामामा कुकुरलाई जिस्काउनु गैरकानूनी हुन्छ ।

१०.  चकलेट खानाले कुकुरको मृत्यु हुनसक्छ । चकलेटमा हुने थियोब्रोमाइन नामक पदार्थले कुकुरको रक्तसंचारमा असर पार्छ ।

११.  कुकुरले ६२ दिनसम्म आफ्नो बच्चालाई गर्भमा राख्दछ । जन्मिने बेलामा कुकुरको बच्चा अन्धो, बहिरो तथा दाँत नभएको हुन्छ ।

१२.  ग्रिस र बुल्गेरियाबीच कुनै समय एक ग्रिक कुकुरले बुल्गेरियाको सिमाक्षेत्र पार गरेको विषयलाई लिएर युद्ध भएको थियो ।

१३.  कुकुरले निदाएको बेलामा मान्छेले जस्तै सपना देख्छ । सानो कुकुरले हरेक १० मिनेटमा एउटा सपना देख्दछ भने ठूलो कुकुरले एक घण्टामा एउटा सपना ।

१४.  १० वर्षभन्दा पाको उमेरका कुकुरहरु मध्ये ५० प्रतिशत क्यान्सरकै कारण मर्दछन् ।

१५  मानिसजस्तै कुकुरहरु पनि मोटोपनाका सिकार हुन्छन्, प्रायः पश्चिमा देशका कुकुरहरु ।

कुकुरले दायाँतर्फ पुच्छर हल्लाउने ऊ खुसी हुनुको लक्षण हो, त्यस्तै बायाँतर्फ हल्लाउनु डराएको लक्षण हो । विस्तारै हल्लाउनु भनेको उसले संकोच मानिरहेको छ र जोडसँग हल्लायो भने ऊ रिसाएको बुझ्नुपर्छ ।

प्राय गाडी गुड्दा कुकुरहरु किन गाडीको पछाडि भुक्दै दौडिन्छन् रु मानौँ उनीहरु गाडीमाथि आक्रमण नै गर्दैछन् । यसको रोचक कारण छ । प्रायः कुकुरहरुले रोकिएको गाडीको टायरमा पिसाब गरेर आफ्नो इलाका तय गर्छन् । यसरी आफ्नो सिमानाको रुपमा रहेको गाडी गुडेर जाँदा कुकुरहरुले आफ्नो सिमाना कसैले खल्बलाइदिएको र आक्रमण गर्न थालेको अनुभव गर्छन् । जसलाई कुकुरले सहन सक्दैन र गाडीहरुको पछि दगुर्छन् ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ६ : ०० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै