२०८३, ९ कार्तिक सोमबार

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक आज, प्रतिवेदनमा जुट्ला सहमति ?

एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक आज, प्रतिवेदनमा जुट्ला सहमति ?


काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दैछ। केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा, पुनर्गठन कार्यदलको प्रतिवेदन तथा केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रतिवेदनबारे निष्कर्षमा पुग्न बैठक बस्न लागेको हो।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पुनर्गठन कार्यदलको बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ। कार्यदलमा यसअघि दुईवटा प्रतिवेदन पेस भएकाले तिनलाई समेटेर एउटै प्रतिवेदन तयार गर्ने विषय मुख्य एजेण्डा छ। कार्यदल बैठकपछि दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ।

कार्यदलमा प्रतिवेदनबारे यसअघि समझदारी नजुटेकाले आजको बैठकलाई महत्वका साथ हेरिएको छ। सचिवालय बैठकपछि भोलिदेखि असोज ७ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्दैछ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्ने एमालेले जनाएको छ।

प्रकाशित मिति : २०८३, ३ आश्विन आईतबार  ९ : ४३ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर