२०८३, ९ कार्तिक सोमबार

राज्यको खोजी कुर्दाकुर्दै : जुम्लाको माथिल्लो लोर्पा गाउँका १० जनाको सामूहिक दाहसंस्कार

राज्यको खोजी कुर्दाकुर्दै : जुम्लाको माथिल्लो लोर्पा गाउँका १० जनाको सामूहिक दाहसंस्कार


मुगु । आफ्ना नागरिक बेपत्ता भएको तीन साता बित्दा पनि राज्यले उनीहरू कहाँ छन् भनेर परिवारलाई जवाफ दिन सकेन । रसुवाको बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–५ माथिल्लो लोर्पा गाउँका १० जनाको शनिबार कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको छ । 

जिउँदा छन् कि छैनन् भन्ने यकिनसमेत गर्न नसकेको राज्यको प्रतीक्षा गर्दागर्दै परिवारले आफैं अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको हो ।

गत भदौ १० गते रसुवामा आएको बाढीका क्रममा टनेल नम्बर २१६ बाट उनीहरू बेपत्ता भएका थिए । त्यसयता परिवारले खोजी र उद्धारको आशा गरेर दिन गने। तर समय बित्दै गयो, आफन्तको कुनै अत्तोपत्तो भएन । न सासको खबर आयो, न शव भेटियो ।

अन्ततः हिन्दु परम्पराअनुसार कुशलाई शवको प्रतीक बनाएर परिवारले सामूहिक दाहसंस्कार गरेका छन्।स्थानीय युवा अगुवा रमन बुढाका अनुसार बेपत्ता भएको लामो समय बितिसक्दा पनि राज्यले उनीहरूको अवस्था पत्ता लगाउन नसक्दा परिवार थप पीडामा परेको छ । 

‘हामीले हाम्रा मान्छे खोजिदिन पटक पटक आग्रह ग¥यौँ । तर न सासको खबर आयो, न लास,’ उनले भने, ‘अन्ततः कुशको शव बनाएर संस्कार गर्न बाध्य भयौँ ।’

नागरिक बेपत्ता हुँदा खोज्नु राज्यको दायित्व हो। तर यहाँ परिवारले राज्यलाई कुर्दाकुर्दै आफैं अन्तिम संस्कार गर्नुपरेको छ । 

एउटै गाउँका १० जना नागरिक बेपत्ता भएको घटनामा समेत परिवारलाई उनीहरूको अवस्थाबारे स्पष्ट र विश्वसनीय जानकारी दिन नसक्नुले विपद्पछिको राज्य संयन्त्रको जबाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार रसुवा बाढीमा पातारासी गाउँपालिकाका ४९ जना बेपत्ता छन्। माथिल्लो लोपार् १०, तल्लो लोर्पा गाउँका ४, लाम्री १५, तिर्खु ९, जम्ना २, तल्फी १ र बाता गाउँका ८ जना सम्पर्कविहीन छन्। चन्दननाथ नगरपालिकाका ४, सिंजा गाउँपालिकाका १ र गुठीचौर गाउँपालिकाका ९ जना पनि अझै बेपत्ता रहेको प्रशासनको विवरण छ ।

प्रकाशित मिति : २०८३, ३ आश्विन आईतबार  ९ : ४८ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर